कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ सय नाघ्यो,बिश्वभर त्रास

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७६, सोमबार प्रवास

एजेन्सी । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जना गरी ज्यान गुमाएका अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छन् ।

यस्तै कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३० जना पुगेको छ । यसैबीच दक्षिण कोरियामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । ६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । हिजो एकै दिन झण्डै २ सय नयाँ बिरामी थपिएका हुन् । चीनबाहिर यो सबैभन्दा धेरै संक्रमण हो ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले देशले अहिले धेरै ठूलो चुनौतीको सामना गरिरहेको भन्दै सचेत रहन सबैलाई आग्रह गर्नुभएको छ । देगु लगायतका सहरहरुमा आवातजावात बन्द गरिएको छ ।

कोरियाले सेनालाई सीमित घेरामा ल्याएको छ भने कोरोनाबाट बच्नको लागि अपनाउनुपर्ने सावधानीबारेमा चेतना अभिवृद्धिको कामलाई तिब्रता दिएको छ । कोरोना परीक्षण र उपचारको लागि अबैध रुपमा बसिरहेका विदेशीहरुलाई पनि परीक्षण र उपचार गर्न थालेको छ ।

यसैबीच युरोपमै सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमितहरू भेटिएपछि इटालीले आपतकालीन योजना घोषणा गरेको छ ।

प्रधानमन्त्री जुजेपेले आपतकालीन योजना घोषणा गर्दै उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका १२ वटा सहरमा नाकाबन्दीको घोषणा गर्नुभएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार