भारतको २ दिने भ्रमणका लागि प्रस्थान गर्नु अघी ट्रम्पले गरे मोदिको प्रशंशा

उज्यालो प्रतिनिधि १२ फाल्गुन २०७६, सोमबार प्रवास

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको २ दिने भ्रमणका लागि प्रस्थान गरेका छन् । राष्ट्रपति ट्रम्प वासिङ्टन डिसीको संयुक्त एन्ड्रयुज बेसबाट एयरफोर्स वन जहाजमार्फत आइतबार भारत भ्रमणमा निस्किएका हुन् ।

राष्ट्रपति ट्रम्प सोमबार बिहान ११ बजेर ४० मिनेटमा भारत आइपुग्नेछन् । भारत प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले भारत भ्रमण गर्न पाउँदा आफु अत्यन्तै खुसी र उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो असल मित्र भएको प्रतिक्रिया दिँदै आफु भारतका लाखौं जनतालाई भेट्न आँतुर भएको बताएका छन् । यता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति ट्रम्प भारत भ्रमणमा निस्किँदै गर्दा आफु ट्रम्पलाई भारतीय भूमीमा स्वागत गर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् ।

अहमदावादमा आयोजित कार्यक्रमपछि राष्ट्रपति ट्रम्प नेतृत्वको टोली आगरा पुग्नेछ, जहाँ उनको परिवारले ताजको मुकुट लगाउने कार्यक्रम तय भएको छ ।

करिब ५० मिनेटको ताजमहलको अवलोकनपछि राष्ट्रपति ट्रम्प नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नयाँदिल्लीमा रहँदा राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्धिपक्षीय वार्ता हुनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार