दक्षिण कोरियामा कोरोना भाइरस तीव्र गतिमा फैलिँदै, खतराको तह उच्च विन्दुमा

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७६, आईतवार प्रवास

एजेन्सी । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । चीनमा संक्रमित हुनेको सख्या घटिरहेका बेला छिमेकी दक्षिण कोरियामा भने बढ्न थालेको छ ।

कोरोना भाइरसबाट कोरियामा हालसम्म ५ जनाको मृत्यु भएको छ । आइतबार थप एक जनाले ज्यान गुमाएपछि मृत्यु हुनेको संख्या ५ पुगेको हो । यता भाइरसबाट संक्रमित हुनेको संख्या पनि बढिरहेको छ ।

दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६०२ पुगेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । शुक्रबार र शनिबारको बीचमा भाइरसबाट संक्रमित हुनेको संख्या दोब्बरले बढेको छ ।

नयाँ संक्रमितहरू गत हप्ता एउटा चर्चमा गएका मानिस रहेको पनि समाचारमा उल्लेख छ । उक्त चर्चमा गएकी ६१ वर्षीय एक महिला संक्रमित भएको र उनीबाटै भाइरस अन्यमा फैलिएको हो ।

प्रकोप नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारी अनुसार डायगुस्थित चर्चमा गएकामध्ये सयौंलाई कोरोना सङ्क्रमण भएको छ । चर्चमा पहिलो सङ्क्रमण यही फेब्रुअरी १० तारिखका दिन ६१ वर्षीया एक महिलामा देखिएको थियो । पछि फैलिंदै गएको अधिकारीहरुले जनाएका छन् ।

कोरियाको डाएगु सहर देशकै चौथो ठूलो शहर मानिन्छ जहाँ २५ लाख मानिस बस्छन्।

कोभिड-१९ पनि भनिने कोरोना भाइरसबाट ज्यान गुमाउने र संक्रमित हुनेको संख्या बढ्न थालेपछि दक्षिण कोरियामा खतराको तह पनि उच्च विन्दुमा पुर्‍याइएको छ ।

आइतबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले भाइरसबाट उत्पन्न खतराको तह उच्च बिन्दुमा पुर्‍याइएको बताएका छन् ।

राष्ट्रपति मुन जाय इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताएका छन् । सङ्क्रमित हुनेहरुको संख्या एकाएक तीव्र रुपमा बढ्न थालेपछि सतर्कता बढाइएको उनले जानकारी दिए ।

आगामी केही दिन सङ्क्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनु पर्ने मुनको भनाइ छ । राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनु पर्ने उपायहरुका बारेमा छलफल तथा तयारी भइरहेको पनि जानकारी दिए । ‘सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ, ती सबै काम विज्ञहरुको सुझावका आधारमा गरिएको छ,’ उनले भने ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार