इस्लामाबाद : इरानमा कोरोना भाइरसका बिरामी बढेसँगै पाकिस्तानले इरानी सीमा क्षेत्र बन्द गरेको छ ।इरानसँगको सीमा ताफ्तनमा आइतबारदेखि अस्थायी रुपमा नाका बन्द गरिएको हो। बालोचिस्तानका गृहमन्त्री मिर जियाउल्लाह ल्यांगोभका अनुसार इरानमा कोरोना भाइरसका बिरामी बढेपछि पाकिस्तानले सीमा बन्द गरेको हो ।‘हो हामीले सीमा बन्द गरेका छौँ,’ ल्यां’गोभले भनेका छन् । ब’लोचिस्तान सरकारले इरान छि’र्ने पाकिस्तानी ति’र्थयात्रीलाई समेत जा’न दिएको छैन ।
प्रधानमन्त्री इमरान खानले समेत शनिबार बलोचिस्तानका मुख्यमन्त्रीलाई फोन गरी कोरोना भाइरस रो’कथामका उपायबारे छलफल गरेका थिए ।त्यस्तै दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले कोभिड–१९ अर्थात कोरोना भाइरस अन्तिम ग’म्भीर अवस्थामा रहेको घोषणा गरेका छन् । कोरियामा कोरोना भाइरसका कारण आइतबारसम्म ५ जनाको नि’धन भइसकेको छ। हाल ६ सय २ जना संक्रमणको शिकार भएको र १२ सय ७६ जनामा संक्रमणको आशंका गरिएको छ। हाल ८ हजार ५७ जनाको चेकजाँच भइरहेको पनि स्थानीय निकायले बताएको छ। कोरियाली विपक्षी दलले शनिबार नै सत्तारुढ पार्टीलाई आपतकालीन अवस्था घोषणा गर्न द’बाब दिएका थिए।
अब कोरियाली सरकारले कोभिड–१९ लाई प्रमुख प्राथमिकतामा राख्ने छ भने राज्यको सबै निकाय कोरोना भाइरसवि’रूद्धको अभियानमा सक्रिय हुनेछन्। सिओलस्थित क्वाङउन विश्वविधालयका प्राध्यापक डा. भानु श्रेष्ठका अनुसार निम्न तथा माध्यमिक विधालय एक साताका लागि ब’न्द गरिएको छ भने विश्वविद्यालय २ साताका लागि ब’न्द गर्ने निर्णय भएको छ। कलेजहरुले अनलाइनबाटै अध्ययन गर्न सुझाव दिएका छन्। ‘कलेजमा पढ्न आउने भन्दा पनि छुट्टी लिएको खण्डमा गर्मीको छुट्टीमा त्यसको सोधभर्ना गर्ने भनिएको छ,’ डा. श्रेष्ठले भने।
हाल कोरियामा ७० हजारको हाराहारीमा चिनियाँ विधार्थी अध्ययनरत छन्। ५० प्रतिशत कोरियामै रहेपनि नयाँ सेमिस्टरका लागि आउँदो साता उनीहरू कोरिया फर्किने कुराले विश्वविद्यालयहरूलाई चि’न्तित बनाएको छ। ‘विश्वविधालयले छुट्टै ठाउँमा कोरेन्टाइन बनाएको छ। दुई साता उनीहरूलाई त्यहाँ राखेर मात्र बाहिर निस्किने छुट दिनेछ,’ उनले भने–‘अहिले विश्वविधालयले अनलाइनमार्फत नभए छुट्टी लिन आग्रह गरिरहेका छन्। छुटेको पढाई गर्मीको छुट्टीमा गरिने भनिएको छ।’ सरकारले सर्वाधिक जम्मा हुने ठाउँमा नजान आफ्ना नागरिकलाई सुझाव दिएको छ।
सरकारी निर्णयपछि दक्षिण काेरियामा कार्यरत नेपाली कामदारहरु अ’न्याैलमा रहेका छन्। काेरियामा ८० हजार वैधानिक र १० हजार अवैधानिक गरी कूल ९० हजार नेपाली कामदार रहेकाे आ’शंका गरिएकाे छ। सरकारले गैरकानुनी रुपमा बसाेबास गरेका विदेशी नागरिकलाई पनि शं’का लागे स्वास्थ्य उपचारका लागि अस्पताल जान आ’वहान गरिसकेकाे छ। उनीहरुकाे ह’कमा कुनै का’नुनी मा’न्यता नखाेजिने काेरियाकाे अध्यागमन विभागले जानकारी दिइसकेकाे छ।