‘मैले संसारभरीको कुरा बोलेको हो हाम्रो पार्टीको मात्रै भनेको होइन्’

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७६, आईतवार समाचार

काडमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निवर्तमान सञ्चारमन्त्रीको घटनामा अख्तियार लगायतका निकायले अनुसन्धान सुरु गरेको बताएका छन् । आइतबार जनकपुर पुगेका दाहालले अख्तियार दुरुपयोग अनुन्धान आयोग, लेखा समिति लगायतले अनुसन्धान सुरु गरेको बताएका हुन् ।

धनुषाको ठेराकचुरीमा १५ दिने माध्यमिकी परिक्रमा शुभारम्भ समारोहमा सहभागि भएका दाहालले भने, ‘सञ्चारमन्त्रीवाला परिघटनामा त जाँचबुझ सम्बन्धित निकायले गर्ने भनिसकैकै छ, अख्तियार अरु सबैले । लेखा समितिमा पनि यो विषयमा कुरा चलिरहेको त्यो भइनै हाल्यो ।’ दाहालले कम्युनिष्टहरु सत्तामा पुगेपछि विग्रिने रोग लागेको भनेर आफुले भक्तपुरमा दिएको अभिव्यक्ति आफ्नो पार्टीलाई लक्षित गरेर नदिएको उल्लेख गरे ।

‘मैले अस्ति भक्तपुरमा भएको कार्यक्रममा बोल्दा संसारभरीको कुरा बोलेको हो हाम्रो पार्टीको मात्रै भनेको होइन्’, उनले भने, ‘कम्युनिष्टहरु संघर्ष गर्दासम्म राम्रो र सत्तामा पुगेपछि नराम्रो रोग लाग्या त विश्वभरी छ । त्यो रोगको उपचार गर्नैपर्छ भनेर मैले अपिल गरेको हो ।’

दाहालले प्रदेश नम्बर २ को सरकारमा सहभागि हुन लागि राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीसँग कुराकानी अगाडी बढेको पनि बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार