पृथ्वी गोलो नभई सम्म भएको प्रमाणित गर्न अन्तरिक्षमा जान खोजेका अमेरिकीको मृत्यु

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७६, आईतवार प्रवास

बिबिसी ।  क्यालिफोर्नियाको मरुभूमिमा आफैँले बनाएको रकेटमा अन्तरिक्ष जान खोजेका एक अमेरिकीको मृत्यु भएको छ।

पागल उपनाम राखेका ६४ वर्षीय माइक ह्यूजको वाष्पशक्तिबाट चल्ने रकेटमा अन्तरिक्ष जान खोज्दा शनिवार दुर्घटनामा निधन भएको हो।

सामाजिक सञ्जालमा उपलब्ध भिडिओमा एउटा रकेट आकाशमा उडेको र केही बेरमै नजिकै जमिनमा खसेको देखिन्छ।

ह्यूज पृथ्वी गोलो नभई सम्म भएको प्रमाणित गर्न अन्तरिक्षमा जान चाहेका थिए।

रकेटपछाडि प्यारासुट

यूएस साइन्स टीभी च्यानलमा देखाइने होममेड एस्ट्रोनौट्स कार्यक्रमका लागि उनको सो प्रयास पुरै खिचिएको बताइएको छ।

आफ्ना साथी वाल्डो स्टेक्सको सहयोगमा उनी वाष्पशक्तिले चल्ने रकेटमा पृथ्वीबाट ५,००० फिटमाथि जान चाहेका थिए।

भिडिओमा प्रक्षेपणको केही सेकेन्डमै रकेटको पछाडि प्यारासुट देखिन्छ।

एउटा ट्वीटमा साइन्स च्यालनले ह्यूजको आफ्नो सपना पूरा गर्ने क्रममा निधन भएको बताएको छ।

सान बेर्नार्डीनो काउन्टीका प्रहरी कार्यालयले सो घटनाबारे आफूलाई दिउँसो दुई बजेतिर जानकारी दिइएको जनाएको छ।

कार्यालयले खुला मरुभूमिमा रकेट खसेपछि एकजना व्यक्तिको मृत्यु भएको बताएको छ।

ह्यूज र उनका सहयोगीले १८,००० अमेरिकी डलर खर्च गरेर घरमै रकेट बनाएको बताइएको छ।

ह्यूज पृथ्वी समतल भएको प्रमाणित गर्ने दाबी गरेर चर्चित भएका थिए।

गएको मार्चमा उनी रकेटबाट १,८७० फिटमाथि पुगेका थिए जहाँबाट प्यारासुटमार्फत उनी फर्केका थिए।

उनले सन् २००२ मा कार उडाएर १०३ फिटको दूरी पार गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका थिए।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार