भारतमा ट्रम्पको सुरक्षाका लागि लंगुर बाँदर तैनाथ, जनावरले कसरी गर्छ सुरक्षा ?

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७६, आईतवार प्रवास

नयाँ दिल्ली। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणको क्रममा आगरास्थित ताजमहलको पनि अवलोकन गर्नेछन् । ट्रम्प र उनको परिवारको सुरक्षाको जिम्मेवारी अमेरिकी सिक्रेट सर्भिसले लिएको छ । बाहिरी सुरक्षाको जिम्मेवारी भने भारतको एनएसजी र उत्तरु प्रदेश पुलिसले पाएका छन् । सुरक्षा निकै कडा बनाइएको छ तर यहाँ सुरक्षाको लागि लंगुर बाँदरलाई समेत तैनाथ गरिएको खबर अहिले चर्चामा छ ।

यहाँ पाँच लंगुर बाँदरलाई सुरक्षाको लागि तैनाथ गरिएको छ । यस क्षेत्रमा बाँदरहरुले ठूलो उत्पात मच्चाउने भएकोले बाँदरको उपद्रो रोक्न लंगुर बाँदर तैनाथ गरिएको हो । ट्रम्पको यात्राको लागि सुरक्षा घेरा तयार भइसकेको छ । जानकारीअनुसार १० कम्पनी अर्धसैनिक बल, १० कम्पनी पिएसीको साथमा एटीएस र एनएसजीका कमाण्डो तैनाथ गरिनेछन् । एक कम्पनीमा करिब १०० जवान हुन्छन् ।

ताजमहलको अवलोकन गर्न ट्रम्प र उनकी पत्नी मेलानिया भोलि २४ फेब्रुअरीमा आगरा जानेछन् । आगरा प्रशासनका अनुसार आगरा विमानस्थल र ताजमहलको बीचमा सुरक्षाको लागि ठूलो संख्यामा पुलिस तैनाथ गरिएको छ । प्यारामिलिट्री फोर्स, पीएसी, एनएसजी कमाण्डो, एटिएस सडक र छतमा तैनाथ रहनेछन् । अमेरिकी टिमले स्याटेलाइटबाट पनि निगरानी गर्नेछ । यात्राका क्रममा अन्य सवारीसहितको ठूलो लाइनमा ट्रम्पका दुई कार हुनेछन् । ती दुईमध्ये ट्रम्प कुन कारमा हुनेछन् भन्ने सीमित मानिसहरुलाई मात्र थाहा हुनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार