किटानी जाहेरी नदिएपछि अश्लील भिडियो बनाएको आरोपमा परेका ३ जना छुटे

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७६, आईतवार समाचार

काठमाडौं । अश्लील भिडियो बनाएको आरोपमा सूर्यविनायक नगरपालिका–५, कटुन्जेबाट पक्राउ परेका ३ जना छुटेका छन् ।

पीडित भनिएकी युवतीले किटानी जाहेरी नदिएपछि महानगरीय प्रहरी वृत्त, जगातीले उनीहरुलाई छाडेको हो ।

यसअघि शनिबार साँझ चुम्बन गरेको दृश्य कैद गरेको भन्दै डिलिट गर्न माग गर्दै पीडित युवतीले महिला सेलमा मौखिक उजुरी दिएकी थिइन् ।

लगत्तै प्रहरीले सिन्धुली दुधौली नगरपालिका–६ घर भइ हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, सोही ठाउँ घर भइ काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजीव थनेत दनुवारलाई पक्राउ गरेको थियो ।

‘करिब २०/२५ सेकेण्डको क्लीप रहेछ । हामीले मुद्दा चलाउन खाजेका थियौं’, जगातीका डीएसपी चक्रराज जोशीले अनलाइनखबरसँग भने, ‘तर, पीडितले नै जाहेरी दिन नमानेपछि कानूनी कारबाही गर्न सकिएन ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार