डोनाल्ड ट्रम्पलाई सुनको जलप लगाइएका विशेष भाडामा खाना

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७६, आईतवार प्रवास

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २३–२४मा भारत भ्रमणमा आउदैछन् ।

उनको स्वागतको लागि भव्य दिल्ली र अहमदाबादमा तयारी हुँदैछ । अन्य स्वागत तयारीका अतिरिक्त डोनाल्ड ट्रम्प र उनको परिवारले खाना खाने विशेष भाडाको बनिसकेको छ ।

जयपुरको अरुण पाबुवालले ट्रम्प र उनको परिवारको लागि सुन र चाँदीको जलप लगाइएको भाडा(क्रोकरी) तयार गरेका छन् । यी भाडाको डिजाइन धातुका सामाग्रीको डिजाइनमा सुपरिचित नाम अरुण पाबुवालले गरेका हुन् ।

पाबुवालका अनुसार यी खास क्रोकरीमा ट्रम्प र उनको परिवारले नास्ता, लञ्च र डिनर गर्नेछन् । यसमा कपसेटदेखि लिएर ड्राईफूड राख्ने कटलरी समेत रहेको छ ।

त्यस अतिरिक्त सुनको जलप लगाएको न्यापकिन सेटसमेत तयार गरिएको छ जसमा ट्रम्पका परिवारका सदस्यको नाम लेखिनेछ ।

यसलाई ‘ट्रम्प कलेक्शन’ नाम दिइएको छ । ३५ जनाको समूहले करिब तीन हप्तामा यसलाई तयार गरेका हुन् ।

निर्माणको क्रममा पहिले धातुबाट भाडाँ बनाइसकेपछि तीमाथि सुन र चाँदीको पत्र चडाइएको थियो ।

बाराक ओबामाको भ्रमणको समयमा पनि डिजाइन

पाबुवालले कुनै भीभीआईपी पाहुनको लागि विशेष क्रोकरी डिजाइन गरेको पहिलो पटक भने होइन ।

पाबुवालले यस अघि अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको भारत भ्रमणमासमेत कयौं भीभीआईपी पाहुनाको लागि टेबल सामाग्री डिजाइन गरिसकेका छन् ।

यसबाहेक पाबुवाल क्रिकेट वल्र्ड कपदेखि लिएर ब्युटी कन्टेस्टको लागि ताजसम्म डिजाइनिङमा संलग्न भइसकेका छन् । यसैले उनलाई भीभीआईपी पाहुनाको लागि छनौट गरिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार