कारोना भाइरस : विश्वभर त्रास, २ हजार ४ सय ४१ जनाको मृत्यु, ७६ हजार ९ सय १८ जना संक्रमित

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७६, आईतवार प्रवास

काठमाडौँ । करिब ४० दिनदेखि चीनमा देखिएको कारोना भाइरसको संक्रमणबाट चीनमा ७६ हजार ९ सय १८ जना संक्रमित भएका छन् ।

उक्त भाइरसको संक्रमणबाट चीनमा आइतबार बिहानसम्म २ हजार ४ सय ४१ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ ।

शनिबार कोरोनाको संक्रमणबाट ९६ जनाको ज्यान गएको छ । शुक्रबार चीनमा १०९ र इटलीमा एक जनाको ज्यान गएको थियो ।

उक्त समाचारका अनुसार, पछिल्ला केही दिनमा मृतकको संख्यामा कमी नआएपनि संक्रमित हुनेको संख्या भने घट्न थालेको छ । शनिबार ६ सय ३० जना जना संक्रमित फेला परेका छन् ।

हालसम्म चीनमा ज्यान गुमाउनेको संख्या २ हजार ३ सय ४५ पुगेको छ ।

पछिल्लो समय चीनमा दैनिक संक्रमितको संख्या घट्दैगएपनि चीनबाहिर भने संक्रमितको संख्या बढ्दै गएको छ।

चीन बाहिर जापान, दक्षिण कोरिया र इटलीमा कारोना संक्रमितको संख्या निकै बढेको छ ।

यसअघि हङकङ र फिलिपिन्समा पनि कोरोना भाइरसबाट एक/एक जनाको ज्यान गएको छ ।

दक्षिण कोरियामा एकै दिन सङ्क्रमितको सङ्ख्या दोबर

दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्।

शुक्रबारयता थप २२९ जनामा कोभिड–१९ गराउने भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन्।

हालसम्म जापानमा ६१३ जना संक्रमित भएका छन् भने २ जनाको ज्यान गएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार