कोरियामा रहेका नेपालीलाई कोरोना संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन आग्रह

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७६, आईतवार समाचार

काठमाडौं । दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै सियोलस्थित नेपाली दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला त्यहाँस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो ।

दक्षिण कोरियामा कोरोना संक्रमण दर केही दिनदेखि बढिरहेका हुँदा विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई दूतावासले विज्ञप्ति जारी गर्दै अपिल गरेको हो ।

शनिबारसम्ममा दक्षिण कोरियामा चार सय बढी मानिस संक्रमित भएको जनाइएको छ ।

संक्रमितमध्ये अधिकांश दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रको रहेको बताइएको छ । दूतावासले यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार