दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि ५० जना नेपालीको उडान स्थगित

११ फाल्गुन २०७६, आईतवार ०६:१० मा प्रकाशित

काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढेपछि ईपिएस मार्फत यसै हप्ता कोरिया जान तयार भएका नेपालीको उडान सरेको छ । यसै हप्तालाई तोकिएको करिव ५० जना नेपालीको उडान मार्च तेस्रो सातासम्म स्थगित गरिएको जानकारी कोरियाबाट आएको ईपिएस कोरिया शाखा प्रमुख कृष्ण खनालले जानकारी दिनुभयो । उहाँले उडान नेपालले नभई कोरियाले नै सारेको बताउनुभयो ।

रोष्टरमा नाम आई सम्पूर्ण प्रक्रिया पुरा गरि कोरिया जाने अन्तिम तयारीमा रहेका नेपालीको उडान तत्काललाई स्थगित हुने अवस्था देखिएको उहाँले बताउनुभयो ।

उहाँले केही दिन अघि सम्म कोरियामा कोरोनाको खासै प्रभाव नदेखिएकाले नेपालीहरुलाई सावधानी पूवर्क रहन सुझाव दिदै कोरिया पठाउदै गरेकोमा अब रोक्ने कि पठाउने विषयमा गहन छलफल हुने बताउनुभयो

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार