प्रधानमन्त्री ओलिको जन्मदिन : जन्मदिन मनाउन जन्म घर जानुहुँदै

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७६, आईतवार समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६९ औं जन्मदिन मनाउन जन्मथलो आउने भएपछि तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले कर्मचारी तथा शिक्षकहरुलाई ड्रेस कोड नै तोकेर जन्म दिनको कार्यक्रममा अनिवार्य सहभागी हुनसमेत भनेको छ ।

प्रधानमन्त्री ओलीको जन्म घर तेह्रथुमको आठराई गाउँपालिका–४ (साविकको इवा गाविस– २ खानीगाउँ)मा पर्दछ । हाल सो घरमा प्रधानमन्त्री ओलीका भाइ कृष्णप्रसाद बस्दै आएका छन् ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुका अनुसार प्रधानमन्त्री ओलीको जन्म दिवस मनाउने कार्यक्रम उनी जन्मिएकै घरमा आयोजना गरिएको छ । सो कार्यक्रममा प्रधानमन्त्रीले चार सय जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र १५ सय विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने छन् ।

त्यसअघि प्रधानमन्त्री ओलीले सुकेपोखरीदेखि भानु आधारभूत विद्यालय हुँदै ढुंगेसाँघुसम्म पुग्ने सडकको शिलान्यास र आठराईमा नेपाल बैंकको शाखा कार्यालय उदघाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

पुनः मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको बेला प्रधानमन्त्री ओलीले ६९ औं जन्म दिन जन्मथलोमै मनाउने इच्छा व्यक्त गरेका थिए । प्रधानमन्त्रीको सहजताका लागि जन्मघर नजिकै हेलिप्याडसमेत निर्माण गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार