दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमितको संख्या एकैदिन दोब्बरले वृद्धि भएको पुष्टि

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७६, आईतवार समाचार

एजेन्सी । दक्षिण कोरियाले कोरोना भाइरसको संक्रमितमा एकैदिन दोब्बरले वृद्धि भएको पुष्टि गरेको छ ।

दक्षिण कोरियाली अधिकारीका अनुसार शुक्रबार २ सय २९ संक्रमित देखिएकोमा शनिबार संक्रमितको संख्या ४ सय ३३ पुगेको छ ।

प्रधानमन्त्री चुङ्ग स्ये–क्यिुनले त्यहाँको अवस्थालाई गम्भीर बताएका छन् ।

दक्षिण पूर्वी शहर देइगु आसपासका अस्पताल र त्यहाँका धार्मिक समूहमा नयाँ संक्रमित पाइएको अधिकारीले बताएका छन् ।

दक्षिण कोरियामा दुई बिरामीको मृत्यु भएको र मृतकको संख्या वृद्धि हुने हो कि भन्ने त्रास फैलिएको छ ।

देइगु र छियोङ्दो नजिकैको इलाका–जहाँ अस्पताल छ– लाई ‘स्पेशन केयर जोन’ घोषित गरिएको छ । देइगुका सडकमा मानिसहरुको आवतजावत लगभग रोकिएको छ ।

चीनपछि दक्षिण कोरियामा संक्रमितको संख्या धेरै देखिएको छ । चीनमा अहिलेसम्म २ हजार ३ सय ४५ को मृत्यु भइसकेको छ भने ७६ हजार २ सय ८८ जना संक्रमित छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार