बाँस्कोटाको बचाउमा लागे प्रधानमन्त्री : अडियो प्रकरण बारे छुट्टै छानबिन गर्नु नपर्ने अडान

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७६, आईतवार समाचार

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल वास्कोटमाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै बचाउ गर्नुभएको छ।

एक सचिवालय सदस्यले भने– ‘पार्टीलाई बदनाम हुने गरी सार्वजनिक भएको अडियो काण्डबारे बाँस्कोटाले राजीनामा दिएर मात्र उम्किने ठाउँ छैन, पार्टीले छुट्टै छानविन गर्नुपर्छ।’

तर प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि पार्टीले छुट्टै छानबिन गर्नु नपर्ने भन्दै अडान लिनुभएको थियो। पार्टीको शनिबार बसेको बैठकमा विभिन्न नेताले छानविन गर्नुपर्ने भनाइमा जोड दिएपछि उहाँले बास्कोटाको बचाउ गर्दै भन्नुभयो– बाँस्कोटाले राजीनामा दिइसकेकाले अब राज्य संयन्त्रले नै छानबिन गर्ने भएकाले पार्टीले छु्ट्टै छानविन गर्नुपर्दैन।’

यस्तै सचिवालय बैठकले एमसीसी सम्झौता परिमार्जन गरेर मात्र संसद्मा अनुमोदन गर्ने सहमति गरेको छ।

पार्टीको केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले दिएको सुझावबमोजिम परिमार्जन गरेर मात्र अनुमोदन गर्ने सहमति गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा कार्यदलका संयोजकसमेत रहेका पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशको राष्ट्रियता र स्वाधिनताको विरुद्धमा केही बुँदा रहेकाले परिमार्जन गर्नुपर्ने जानकारी गराउनुभयो। यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार