लियोनार्दो दा भिन्ची : जसलाई नजन्मिँदै बाबुले छाडेका थिए

उज्यालो प्रतिनिधि १० फाल्गुन २०७६, शनिबार प्रेरक प्रसंग

ती नारी सधै नै रहस्यको पात्र बन्दै आएकी छिन्, जसको कोखबाट जन्मेको एउटा नाजायज सन्तानले मोनालिसाजस्तो विश्वप्रसिद्ध चामत्कारिक चित्र बनाएर कलाका सम्राट बनेका छन् ।

मोनालिसाको चित्र बनाउने लियोनार्दो दा भिन्चीको आमाको खोजीको लागि इतिहासकारहरुले धेरै मेहनत गरिरहेका छन् । इतिहासविद्हरुले उनको बारेमा पत्ता लगाउन धेरै संघर्ष गरिसकेका छन् । हालै इतिहासविद् तथा लेखकहरुले उनको पहिलो नाम ‘क्याटरिना’बाट उनी कुनै किसान वा नर्थ अफ्रिकाको दासी हुन सक्ने अनुमान लगाएका छन् । नर्थ अफ्रिकाको संस्कार अनुसार ‘क्याटरिना’ नाम दासीहरुलाई दिइन्थ्यो ।

करिब छ शताब्दी पछि लियोनार्दोमाथि अध्ययन गरिरहेको विश्वको एउटा प्रमुख निकायले उनका उपेक्षित गरिएका विवरणहरुलाई अध्ययन गर्न थालेको छ । यसबाट उनको आमाको बारेमा धेरै रहस्यमयी अनुमान र तथ्यहरु सामुन्ने ल्याएका छन् ।

अक्सफोर्ड युनिभर्सिटीका एकजना अवकाशप्राप्त कला इतिहासका प्राध्यापक मार्टिन केम्पका अनुसार लियोनार्दोकी आमा क्याटरिना डि मियो लिप्पी थिइन् । उनी एक गरिब र बेसहारा अनाथ थिइन् । उनी आफ्नो हजुरआमासँग टकसन पहाडको भिन्चीबाट एक मिल टाढा एउटा जर्जर घरमा बस्थिन् ।

तर, १९५१ भन्दा अगाडि छोटो समयमै उनको सौतेनी भाइ र हजुरआमाको मृत्यु भयो । उनीहरुले क्याटरिनालाई सम्पत्तिको नाममा एउटा आधा भत्केको घर र केही वस्तुभाउहरु छोडेर गएका थिए ।

केम्पका अनुसार उनी १५ वर्षकै कलिलो उमेरमा सेर पाइरो दा भिन्ची नाम गरेका फ्लोरेन्सका एक अतिमहत्वकांक्षी २५ वर्षीया वकिलसँग नाजायज यौन क्रियाकलापमा संलग्न भइन् तर, गर्वधारण भएकै हप्तामा जुलाई १४५१ मा उनीहरुको सम्बन्ध टुटेको थियो । अरु नै युवतीसँग विवाहको लागि उनले क्याटरिनालाई त्यागेका थिए । त्यसपश्चात उक्त वकिलले उनलाई केही सामान्य सम्पत्ति दिएका थिए । उनले तत्कालै आफ्नै स्तरका एक स्थानीय किसान एन्टोनियो डि पाइरो बुटिसँग विवाह गरेकी थिइन् ।

विवरणले देखाएअनुसार सेर पाइरोसँगको नाजायज सन्तान लियोनार्दो पछि उनको दोस्रो छोरा र चार छोरीहरु जन्मेका थिए । लियोनार्दोलाई उनको हजुरबुवा एन्टोनियो दा भिन्चीको छेउको घरमा पालिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार