प्रधानमन्त्री नै नाकैमुनि भ्रष्टाचार गर्दा चुप बसे : अध्यक्ष भट्टराई

उज्यालो प्रतिनिधि १० फाल्गुन २०७६, शनिबार समाचार

पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री नै नाकैमुनि भ्रष्टाचार गर्दा चुप बसेको प्रतिक्रिया दिएका छन् । पार्टीको संगठन बिस्तार तथा सुदृढीकरण अभियानमा सहभागी हुन शनिबार पर्वत पुगेका भट्टराईले प्रिन्टिङ प्रेस प्रकरणलाई जोड्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘प्रधानमन्त्री ओली आफैँ भ्रष्टाचारजस्तो फोहोरको गन्हाउने थुप्रोमा बसिरहेका छन्। खुलेआम यतिले उपचार गर्न र चुनाव गर्न पैसा दियो भन्नुहुन्छ,’ डा. उनले प्रश्न गरे, ‘देशका प्रधानमन्त्रीले नै नाकैमुनि भ्रष्टाचार गराउँदा सुशासन र समृद्धि नआउने भएकोले यो मुद्दा गम्भीर रूपमा आएको छ । दुई महिना अघि नै प्रधानमन्त्रीको हातमा अडियो पुगेको थियो भन्ने सुनियो। थाहा हुँदा हुँदै प्रधानमन्त्री किन चुप बस्ने ?’

प्रधानमन्त्रीले समृद्धिको गाथा गाउने र उनकै पार्टीका नेता कार्यकर्ताले नपत्याउने अवस्था सिर्जना भएको उनको टिप्पणी थियो । उनले भने, ‘यो दुई वर्षमा विकास र निर्माणको कुनै आभास भएको थिएन। तर के गर्न सकेको रहेछ भन्ने त काण्डै-काण्डले देखाएको छ । एनसेल काण्ड हुँदै, वाइड बडी, यति काण्ड हुँदै अहिले प्रिन्टिङ प्रेसको काण्ड त फुत्त बाहिर आयो नि। पापको घैँटो फुटेको त हामीले देखिरहेका छौँ ।’

भट्टराईले समाजवादी बौद्धिक र असल मानिसका लागि उत्तम विकल्प रहेको बताए । नेकपा र कम्युनिष्ट पार्टीमा रहेका असल मानिसहरुले आफ्नो विचार राख्न नपाएको भन्दै समाजवादी पार्टी उचित विकल्प हुने उनको तर्क थियो । अध्यक्ष भट्टराईले विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टी प्रवेश गर्ने दर्जनौं नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार