प्रधानमन्त्रि ओलिको विपक्षीलाई सुझाव : अरुको बाटो बिगारेर अगाडि नबढ्नुस्

उज्यालो प्रतिनिधि १० फाल्गुन २०७६, शनिबार समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीको विरोधको शैलीलाई परीक्षामा अर्काको कपी च्यात्ने प्रतिस्पर्धीको संज्ञा दिएका छन् ।

शनिवार आफ्नो पुस्तक ‘भिजन टु एक्सन’ सार्वजिनक गर्दै ओलीले विपक्षीलाई अरुको बाटो बिगारेर अगाडि नबढ्न सुझाव दिए । ‘सँगै जाँच दिँदा अर्काको कपी च्यातिदिएर अगाडि आउने होइन । अरुको बिगारिदिएर आफू अगाडि बढ्ने होइन्, एक जना विद्वानले टिप्पणी गर्नु भयो,’ उनले भने, ‘बाटा त नेपालमा बनेकै थिए। त्यही विकास त भएको हो नि ?’

उनले अगाडि थपे, ‘दिनको लगभग छ किलोमिटरको गतिले कालोपत्रो गरिरहेको छ। तुइन विस्थापन भएको छ। उर्जा उत्पादनमा वृद्धि भएको छ। सञ्चितीमा वृद्धि भएको व्यापार सन्तुलन अलिकति भए पनि बढेको छ ।’

सम्बोधनको क्रममा प्रम ओलीले सरकार लक्ष्यसहित समृद्धिको यात्रामा अगाडि बढेको जिकिर गरे । उनले भने, ‘अहिलेसम्म के चल्याथ्यो, ढुंगा टिपेर फाल्यो जहाँ खस्छ त्यही निसाना साँध्या थिएँ भन्दियो। त्यस्तो होइन अहिले हामीले पहिले निसाना साँधेर ढुंगा फालेका छौँ ।’

उनले अगाडि थपे, ‘हामीले हाम्रो उद्धेश्य के हो? कहाँ पुग्ने हो? लक्ष्य साँधेर अगाडि बढेका छौँ। समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यसहित काम अगाडि बढाएका छौँ ।’

नेपालको रणनीतिक अवस्थितिका कारण संसारका सबै शक्ति केन्द्रलाई सन्तुलन गर्नुपरेको बताए ।’दुई ठूला ढुंगाबीचको सानो तरुल। फैलिन नपाउला। फैलिन आवश्यक पनि छैन। यसैमा समृद्धि हासिल गर्न त पाउँछ नि। दुई ठूला देशबीचको सम्बन्ध सन्तुलन कायम गरेर समृद्ध हासिल गर्न सक्छौँ,’ उनले भने, ‘संसारको सबै ब्यालेन्स हामीले मिलाउनु पर्‍या छ। दुई ठूला देशबीचको सम्बन्धलाई पनि सन्तुलन मिलाउन पर्‍या छ । हामीले सन्तुलन कायम गर्नु छ ।’

प्रधानमन्त्री आफ्नो ६९औं जन्मदिनको अवसर पारेर सार्वजनिक गरेको पुस्तक ‘भिजन टु एक्सन’लाई राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका हुन् । सो अवसरमा ओलीका पिताले उनलाई जन्मदिनको शुभकामना दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार