कुखुरापालन व्यवसायबाट राम्रो आम्दानी गर्दै

उज्यालो प्रतिनिधि १० फाल्गुन २०७६, शनिबार समाचार

डोटी। जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ कुमालीकोटकी ३५ वर्षीया शारदादेवी विष्टले कुखुरापालन व्यवसायबाट हिजो आज राम्रो आम्दानी गर्न थालेकी छिन् । उनले एक वर्ष पहिलेदेखि उक्त व्यवसाय शुरु गरेकी हुन् ।

कुखुरा व्यवसायबाट फाइदा भएको रकमले उनले एक छोरी बार्डिङ स्कुल पढाउनुका साथै घर खर्च राम्रैसँग धानेकी छिन् । उनी एक हातको अपाङ्गता भएकी महिला पनि हुन् । वर्षांै पहिले दुर्घटनामा पर्दा उनको दाँहिने हात काटिएको छ । एक वर्ष पहिले अपाङ्ग सेवा सङ्घ सिलगढीले रु १० हजारका उन्नत जातका कुखुराका चल्ला र रु १० हजार बराबरको खोर निर्माणका लागि आर्थिक सहयोग गरेपछि आफूले उक्त व्यवसाय शुरु गरेको कुखुरा व्यवसायी उनले बताए ।

हिजो आज कुखुरा किन्ने उनकै फार्ममा पुग्ने गरेका उनले जानकारी दिइन् । लोकल तथा उन्नत जातका कुखुरा भएका कारण ग्राहक खोज्नुपर्ने समस्या नभएको उनले बताए । उनले लोकल कुखुरा जिउँदो प्रतिकिलो रु ६०० का दरले बिक्री गर्दै आएकी छिन् । उक्त व्यवसायबाट मासिक रु १५ देखि रु २० हजारको हाराहारीमा आम्दानी हुने गरेको उनले बताइन् । कुखुरा व्यवसायको आम्दानीबाट उनी अहिले निकै खुशी र सुखी जीवन जिउँदै छिन् ।

उनको फार्मले कुखुराका चल्लासमेत उत्पादन गर्दै आएको छ । अपाङ्ग सेवा सङ्घले युएमनको आर्थिक सहयोगमा जिल्लामा रहेका विभिन्न अपाङ्गता भएका व्यक्तिका घर परिवारलाई आयआर्जनका लागि भन्दै सिलाइ मेसिन, कुखुरापालन व्यवसाय, बाख्रापालन व्यवसाय तथा घुम्ती कोषका लागि आर्थिक सहयोग दिँदै आएको अपाङ्ग सेवा सङ्घकी कार्यक्रम संयोजक सीता राइमाझीले बताइन् ।

जिल्लामा अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाउने उद्देश्यले यो वर्ष पनि आर्थिक सहयोग दिने तयारी भई प्रस्ताव माग गरिएको कार्यक्रम संयोजक राइमाझीले बताउनुभयो । अपाङ्ग सेवा सङ्घले जीविकोपार्जनका लागि अपाङ्गता भएका व्यक्तिलाई व्यवसाय गर्न आर्थिक सहयोग गर्न थालेपछि यहाँका अपाङ्गता भएका व्यक्ति तथा परिवार निकै खुशी भएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार