छोरीले सहगोत्रीसँग विवाह गरेको भन्दै अभिभावकले गरे छोरीको हत्या

उज्यालो प्रतिनिधि १० फाल्गुन २०७६, शनिबार प्रवास

नयाँ दिल्ली, १० फागुन । दिल्लीको न्यू अशोक नगरमा छोरीले सहगोत्रीसँग विवाह गरेको भन्दै अभिभावकले छोरीको हत्या गरी घरभन्दा १०० किलोमिटर टाढा शव फालिदएका छन् ।

घटनामा संलग्न भएको भन्दै बाबुआमासहित ६ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

शीतल चौधरी नाम भएकी ती युवतीको हत्यापछि कारको सिटमुनि शव लुकाएर फ्याँकेको खुलासा भएको छ । उनीहरुले छिमेकी सहगोत्री युवकसँग लुकेर मन्दिरमा विवाह गरेको आशंकासहित हत्या गरेका हुन् ।

मोबाइलमा युवतीसँग सम्पर्क नभएपछि ती युवक प्रहरीकोमा पुगेका थिए । हत्या गरेको २२ दिनपछि घटनाबारे प्रहरीले जानकारी पाएको थियो । पक्राउ परेपछि परिवारका सदस्यहरुले छोरीले जति सम्झाउँदा पनि छोरीले नमानेपछि हत्या गर्नुपरेको बयान दिएका छन् । सहगोत्री छिमेकीसँग ३ वर्षदेखि गोप्य सम्बन्ध रहेको र एक वर्षअघि लुकीछिपी विवाह गरेको भन्दै उनीहरुले छोरीलाई सम्बन्ध तोड्न दबाव दिएका थिए ।

३० जनावरीपछि शितलसँग उनको साथीको न भेट भयो न सम्पर्क । उनले नजिकै खोजे । नभेटेपछि १७ फेब्रुअरी प्रहरी चौकी पुगेर उजुरी दिए । प्रहरीले उजुरी दर्ता गरेर अनुसन्धान सुरु गर्‍यो ।

प्रहरीले छोरी खोई भन्दा आफन्तकोमा गएको जवाफ पाएका थिए । तब परिवारप्रति नै शंका लागेर प्रहरीले कल डिटेल निकाल्न थाल्यो । कल डिटेलको आधारमा खोजतलाश गर्दा परिवारले अपराध स्वीकारेको दिल्ली प्रहरीले जानकारी दिएको छ ।

परिवारका सदस्यहरुले ३० जनवरीकै दिन छोरीको हत्या गरेर नहरमा फ्याँकिदिएको बताए । उनीहरु दुई कार लिएर अलिगढ पुगेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार