गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस स्थापनाका लागि प्राप्त सबै प्रस्तावमा मिलोमतो गरेको खुलासा

उज्यालो प्रतिनिधि १० फाल्गुन २०७६, शनिबार समाचार

काठमाडौं । सुरक्षा मुद्रण प्रेस स्थापनाका लागि खरिदसम्बन्धी प्रस्तावहरूमा सरकारी निकाय र कम्पनीका एजेन्टहरूबीच अस्वाभाविक सांठगाँठ भएको पाइएको छ ।

प्रेस स्थापनामा इच्छुक स्विस कम्पनी केबीए नोटासिस, फ्रान्सको आईएन ग्रुप र जर्मन कम्पनी भेरिडसका प्रतिनिधि र सञ्चार मन्त्रालयबीच नै यस्तो चलखेल भएको हो ।

पछिल्लो समय सुरक्षा मुद्रण प्रेस स्थापना प्रक्रियाबाट पन्छाइएको स्विस कम्पनी केबीए नोटासिसका स्थानीय एजेन्ट भनेर चिनिएका विजयप्रकाश मिश्रकै प्रभावमा मन्त्रालयले स्विस दूतावासलाई २०७५ मंसिरमा पत्र पठाएको पाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आग्रहमा पत्र लेखिएको जनाउँदै परराष्ट्रले सुरक्षा मुद्रण प्रेस स्थापना प्रक्रियामा आइपर्ने वैदेशिक लगानी तथा स्रोतको अभाव सम्बद्ध परिपूर्तिमा सहयोगका लागि आग्रह गरेको छ।

सञ्चार मन्त्रालयले परराष्ट्रलाई २०७५ कात्तिक ३० मा अनुरोधपत्र पठाएको र सोही आधारमा परराष्ट्रले नेपालस्थित स्विस दूतावासलाई मंसिर ६ मा पत्र पठाएको पाइएको छ ।

त्यसको जवाफमा स्विस दूताबासले २०७५ मसिर ६ मा पत्राचार गरेको रेकर्डमा उल्लेख छ । सञ्चा मन्त्रालयले यसबारे पुस ४ मा बैठक बसे निधो गरेको थियो तर बैठक बस्न सकेन । कान्तिपुर दैनिकमा खबर छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार