कोभिड-१९ भाइरस चीनका दुई जेलभित्र पनि देखियो, नेता र जेलका अधिकारीहरूलाई बर्खास्त

उज्यालो प्रतिनिधि ९ फाल्गुन २०७६, शुक्रबार प्रवास

कोभिड-१९ भाइरस चीनका दुई जेलभित्र पनि देखिएको छ।

पूर्वी चीनको साङडोङ प्रान्तको एक जेलमा दर्जनौं कैदीहरूलाई कोभिड-१९ को संक्रमण देखिएपछि सरकारले उक्त प्रान्तका पार्टीका नेता र जेलका अधिकारीहरूलाई बर्खास्त गरेको छ।

जिनिङको रेन्चेङ जेलका गार्डलाई फेब्रुअरीको सुरूदेखि खोकी र अन्य लक्षण देखिएका थिए।

जेलभित्रका २ हजार ७७ मानिस थिए। बिहीबार गरिएको परीक्षणमा दुई सय जना कैदी र सात जना अधिकारीलाई कोभिड-१९ देखिएको थियो।

त्यस्तै दक्षिणी झेजियाङ प्रान्तको अर्को जेलमा पनि ३४ जना कैदीलाई कोभिड-१९ देखिएको छ। त्यहाँको पार्टीका अधिकारीहरूले बाहिरबाट भाइरस आएको भन्दै दुई जना जेलरलाई बर्खास्त गरेको जनाएका छन्।

यसैबीच बिहीबार फेरि चीनमा कोभिड-१९ संक्रमित हुनेको संख्या बढेको छ। बिहीबार एक सय १४ जनाको मृत्यु भएको छ भने ८ सय ९९ जना संक्रमित थपिएका छन्। यसअघि बुधबार १०८ जनाको मृत्यु भएको थियो भने ३९४ जनामात्र नयाँ बिरामी थपिएका थिए।

कोभिड-१९ बाट अहिलेसम्म चीनमा २ हजार २ सय ३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ४ सय ६५ जना संक्रमित भएका छन्। चीनपछि सबैभन्दा धेरै जापानमा १७३ जना संक्रमित भएका छन् भने ३ जनाको ज्यान गएको छ। दक्षिण कोरियामा १ सय ५६ जनालाई कोभिड-१९ देखिएको छ भने १ जनाको मृत्यु भएको छ। हङकङमा २ जनाले ज्यान गुमाएका छन्।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार