लन्डन: बेलायतमा बस्दै आएका चिनियाँ नागरिकहरुले आफूहरुमाथि नश्लवादी टिप्पणी भएको बताएका छन्। बेलायती नागरिकहरुले आफूहरु माथि जातीय हिसाबमा दुर्व्यबहार गरेको चिनियाँहरुले बताएका हुन् । बेलायतका विभिन्न स्थानमा चिनियाँहरु विद्यार्थीको रुपमा व्यापारीको रुपमा बस्दै आएका छन्। बाटोमा हिँड्दा स्थानीयले ‘कोरोना भाइरस’ भनेर जिस्काएको चिनियाँहरुको भनाइ छ।
बर्मिङघाममा बस्दै आएका चीनका समुदायलाई फेसबुकमा धेरै जातीय दुर्व्यबहार युक्त म्यासेजहरु आएको स्काइ न्युजले जनाएको छ। तीमध्ये फेसबुकको एक म्यासेज यस्तो छः ‘घृ’णित, बर्बर पशु क्रू’रता जुन तिमीहरुले गरेका छौं । तिमीहरु भाइरस पाउनको लागि योग्य छौं।’ खान हुने, खान नहुने सबै किसिमका पशु खाएका कारण चीनमा भाइरस फैलिएको म्यासेजहरुमा बताइएको छ।
कार्डिफा मा बस्दै आएको चिनियाँ विद्यार्थी रोबिन झाङ स्काई न्युजसँग भन्छन्, ‘म कलेज जाँदै थिए। चार जनाले म र मेरी साथीलाई ‘के छ कोरोना भाइरस’ भनेर जिस्काए ।’ झाङकी साथी लुसी झु पनि भन्छिन्,‘मलाई धेरै दुख लाग्यो। मलाई लाग्छ कोरोना भाइरस चिनियाँको मात्र समस्या होइन। विश्वका सबै मानिसहरु एक भएर यस प्रकोप विरुद्ध लड्नुपर्छ।’
उनीहरुको व्यवहारका कारण आफूहरुले बेलायतमा असुरक्षित महसुस गरेको लुसी र झाङको भनाइ छ । कार्डिफमा बस्दै आएकी सरा तान एकदिन सेन्ट मेरी स्ट्रिटमा हिँडि रहेकी थिइन् । सरा कोरोनाको उद्गमस्थल मानिएको चीनको हुवान शहरकी बासिन्दा हुन्। बुबा आमाले बेलायतमा पनि मास्क लगाएर हिँड्न सल्लाह दिएका कारण उनी मास्क लगाएर हिँडिरहेकी थिइन्।
तर कसैले ‘हेल्लो कोरोना भाइरस’ भनेर जिस्काउँदा आफू अत्यन्त दुखित भएको सरा बताउँछिन्। दुर्व्यबहारबाट घटना बढेपछि कार्डिफ विश्वविद्यालयले चिनियाँ विद्यार्थीलाई कसैले विश्वविद्यालय परिसरमा कोरोना भाइरससँग जोडेर जिस्काए विश्वविद्यालयको प्रशासन लाई तुरुन्त खबर गर्न सूचना जारी गरेको छ। आफूहरुले त्यस्ता विद्यार्थीलाई का’रवाही गर्ने विश्वविद्यालयले बताएको छ।