कोरोना भाइरस जैविक हतियार हो ? यसबारे चीन कि भन्छ ?

उज्यालो प्रतिनिधि ९ फाल्गुन २०७६, शुक्रबार प्रवास

एजेन्सी । विश्वका महाशक्ति राष्ट्रमध्येको एक चीनमा पछिल्लो डेढ महिलादेखि कोरोना भाइरसको संकट देखिएको छ । यस महामारीले पूरा चीन आतंकित बनिरहेको छ ।

हालसम्म कोरोना भाइरसका कारण २२ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने ७६ हजारभन्दा बढी संक्रमित बनेका छन् । नयाँ भारइसबाट ज्यान गुमाउने र संक्रमित हुनेको संख्या अनपेक्षित रुपमा बढेपछि कोरोना भाइरससम्बन्धी विभिन्न धारणा पनि बाहिर आएका छन् । कतिपयले नयाँ भाइरसलाई चीनविरुद्धको षडयन्त्रको रुपमा पनि हेरेका छन् ।

कोरोना भाइरस जैविक हतियार हो ?

केही समयअघि अरबका तथा रुसी मिडियामा प्रकाशित विभिन्न समाचारमा अमेरिका र इजरायलमाथि कोरोना भाइरस बनाएर चीनमा फैलाएको आरोप लगाइएको थियो । उक्त भाइरस चीनविरुद्ध प्रयोग गरिएको जैविक हतियार भएको समाचार उल्लेख गरिएको थियो ।

चीनविरुद्धको आर्थिक तथा मनोवैज्ञानिक युद्धको एक अंगको रुपमा अमेरिका र इजरायलले घातक कोरोना भाइरस उत्पन्न गरेको अरब मिडियामा प्रकाशित समाचारमा उल्लेख गरिएको थियो ।

द मिडल इस्ट मिडिया रिसर्जको एक समाचार अनुसार अमेरिका र इजरायलले चीनविरुद्धको व्यापार तथा मनौवैज्ञानिक युद्धको अंगको रुपमा कोरोना भाइरस उत्पन्न गरेका हुन् ।

त्यस्तै साउदी अरबको अल वातन समाचार पत्रिकाले अमेरिका (यद्यपि, अमेरिकामा १२ जना विरामी भेटिएका छन्) र इजरायलमा कोरोना भाइरस नदेखिनु संयोग मात्रै हुन नसक्ने बताएको थियो ।

‘केही समय पहिला चीनमा अनौठो भाइरस फेला परेको छ, उक्त भाइरस भोली इजिप्टमा देखिनेछ’, अल वतनले लेखेको छ, ‘तर उक्त भाइरस हिजो, आज वा भोलि कहिल्यै पनि अमेरिका र इजरायलमा देखिने छैन, न त बुरुण्डो र कोमोरो आइल्याण्ड जस्ता गरिब मुलुकमा यो भाइरस देखा पर्नेछ ।’

त्यस्तै विगतमा चीन र अरब मुलुकमा देखा परेका विभिन्न रोगपछाडि पनि अमेरिका र इजरायलको हात रहेको समाचारमा उल्लेख थियो ।

‘केही वर्ष पहिला इजिप्टले आफ्नै मुलुकमा उत्पादित कुखुरामाथि भर पर्ने र कुखुरा/अण्डा विदेश निर्यात गर्ने, अमेरिका तथा फ्रान्ससहित मुलुकका कुखुरा आवश्यक नपर्ने भनेर घोषणा गरे लगत्तै हुर्कँदै गएको त्यहाँको अर्थतन्त्रलाई निमोठ्ने गरी अचानक बर्ड फ्लू देखा पर्यो’, उक्त समाचारमा लेखिएको थियो ।

यसअघि चीनमा देखिएको सार्स अमेरिकाले उत्पन्न गरेको पनि समाचारमा दाबी गरिएको छ । ‘यसअघि पनि चीनमा यस्तै भएको थियो… जब चीनले विश्वमै आफूसँग सबैभन्दा बढी डलर संचिति भएको बतायो तब उनीहरू (अमेरिकी) ले कोरोना भाइरसको दाइ सार्स उत्पन्न गरे’, समाचारमा उल्लेख थियो ।

त्यस्तै फेब्रुअरीको सुरूमा सिरियाली समाचार पत्रिका अल थावराले कोरोना तथा अन्य महामारी अमेरिका र चीनबीच जारी युद्धको एक अंग भएको बताएको थियो ।

‘इबोला, जिका, सार्स, बर्ड फ्लु, स्वाइन फ्लु, एन्थ्राक्सदेखि कोरोना भाइरससम्म सबै रोग विश्वको जनसंख्यालाई जोखिममा पार्न भन्दै अमेरिकाले उत्पन्न गरेको हो’, अल थावराको उक्त समाचार लेखिएको छ, ‘अमेरिकाले जैविक युद्धलाई नयाँ खालको युद्धमा बदलेको छ र यसरी अमेरिकाले खेलको नियम बदल्न चाहन्छ र मानवविरुद्धको युद्धलाई परम्परागत पथभन्दा फरक तरिकाले गर्न चाहन्छ ।’

इजिप्टको समाचार माध्यमले भिटोगेट डटकमले पनि यस्तै खालको समाचार प्रकाशित गरेको छ । वुहानबाट नै नयाँ भाइरस फैलाउनुको कारण पनि भिटोगेट डटकमले प्रस्ट पारेको थियो ।

‘विगतमा देखिएका बिफर तथा प्लेगदेखि हालैका वर्षमा देखिएका स्वाइन फ्लू जस्ता सबैखाले भाइरस र ब्याक्टेरिय सबैभन्दा पहिला अमेरिकी कम्पनीले उत्पादन गर्छन्’, भिटोगेटको साइटमा लेखिएको छ, ‘हालै कोरोना भाइरसको चपेटामा परेको वुहान एउटा औद्योगिक शहर हो जुन चीनको आठौं धनी शहर पनि हो ।’

भिटोगेटमा अघि भनिएको छ- ‘गोन्जाओ, बेइजिङ, तियानजिङ र हङकङ चीनमा महत्वपूर्ण शहर हुन् । महत्वपूर्ण शहरको सूचीमा अलि तल रहेको वुहान अमेरिकी अपराधका लागि उपयुक्त स्थान बन्न पुग्यो किनभने उक्त शहरलाई केन्द्रमा राखिएको थिएन, त्यहाँको स्वास्थ्य सेवा अन्य शहरको भन्दा सीमित थियो ।’

साथै नयाँ भाइरस फैलाउनुपछाडि आर्थिक उद्देश्य पनि रहेको भिटोगेटको दाबी छ । चीनमा प्रयोग हुने आतपकालीन उपचार र औषधीबाट भाइरस बनाउने मुख्य योजनाकारहरूले अर्बौं डलर कमाउने भएकाले नयाँ भाइरस फैलाइएको भन्दै समाचारमा लेखिएको छ -‘ र यस्ता उपचार विधि र औषधी इजरायली कम्पनीले उत्पादन गर्छन् ।’

कोरोना भाइरस जैविक हतियारको एक अंग भएको पनि कतिपयले बताइरहेका छन् । चीनविरुद्ध घातक जैविक हतियार प्रयोग गरेर चीनविरुद्ध षडयन्त्र भइरहेको एकथरीको विचार छ ।

कोरोना भाइरस जैविक हतियार हो/होइन भनेर बहस भइरहेका बेला चीनले पनि यसबारे प्रतिक्रिया दिएको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङ शुवाङले जैविक हतियार भएको भनेर चर्चा र आशंका व्यक्त गरिएको बताएका छन् । तर संकटका बेला यस्तो कुरा गर्नु गलत रहेको उनको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार