डोलेश्वरदेखि कैलाशपतिसम्म दर्शनार्थीको घुइँचो

उज्यालो प्रतिनिधि ९ फाल्गुन २०७६, शुक्रबार समाचार

महाशिवरात्रि पर्वको अवसरमा यहाँको प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर—आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्म दर्शनार्थीको भीड लागेको छ ।

आज मात्रै मन्दिरको चारैवटा ढोका खुला रहने डोलेश्वर महादेव मन्दिरमा बिहान ४ बजेदेखि नै दर्शनार्थीको भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव विश्वराम थापाले जानकारी दिनुभयो ।

मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि बिहान ४ बजेदेखि मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको र दर्शनार्थीका लागि सहज पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । अन्यदिनमा मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि आज दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

दर्शनलाई सहज बनाउन सुरक्षाकर्मी र स्वयंसेवकको टोली परिचालन गरिएको छ । मन्दिरमा लाइन बसेको आधा घण्टाभित्र दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ । यस वर्ष एकलाख दर्शनार्थी आउने अनुमान गरिएको छ ।

भारतबाट आएका ४०० साधुसन्तका लागि खाने बस्ने सुविधा मिलाइएको जानकारी दिँदै सचिव थापाले धुनी जगाउनका काठ उपलब्ध गराएको बताए ।

डोलेश्वर आउने साधुसन्त एवं बाबालाई समितिले एकएक थान धोती र कम्बल दिएको छ । यसैगरी फर्किने बेलामा उनीहरुलाई तहअनुसार रु एक हजार १००, रु एक हजार ३०० र रु एक हजार ५०० का दरले भेटी दिएर बिदाइ गरिने उनले बताए । सिपाडोलको प्रसिद्ध आशापुरी महादेव मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेवमा दर्शनार्थीको भीड लागेको छ ।

त्यस्तै यता सूर्यविनायक नगरपालिका–१० चित्तपोलमा रहेको साँगास्थित अग्लो महादेवको रुपमा चिनिएको कैलाशपति महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । दर्शनार्थीलाई सहज दर्शन गर्ने व्यबस्था गरिएको र त्यसका लागि सुरक्षाकर्मीदेखि स्वयंसेवक परिचालन भएको मन्दिरका व्यवस्थापक कमल जैनले जानकारी दिए ।

आज एक लाख भक्तजनले दर्शन गर्ने अनुमान गरिएको, काठमाडौँ उपत्यका र काभ्रे, सिन्धुपाल्चोक र उपत्यका बाहिरबाट समेत आउनेका लागि सहज दर्शन, खानेपानी, चिया सर्वत एवं निःशुल्क भोजनको व्यवस्था गरिएको हिल टैंक होमका प्रमुखसमेत रहनुभएका जैनले जानकारी दिए । त्यसैगरी सूर्यविनायक नगरपालिका भित्र रहेका गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डेश्वर, अनन्तलिङ्गेश्वर महादेव मन्दिरमा नि दर्शनार्थीको भीड लागेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार