कोरोना भाइरसविरुद्धको भ्याक्सिन केही महिनाभित्र उपलब्ध हुन सक्ने

उज्यालो प्रतिनिधि ९ फाल्गुन २०७६, शुक्रबार प्रवास

काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन केही महिनाभित्र उपलब्ध हुन सक्ने अक्सफोर्ड युनिभसिटीका वैज्ञानिकहरुले दावी गरेका छन् ।

प्रोफेसर सराह गिलबर्ट नेतृत्वको टिमले कोभिड –२०१९ लाई थप फैलिनबाट रोक्न भ्याक्सिनको विकास अन्तिम चरणमा पुर्‍याएको हो ।

सुरुमा ट्रायलका लागि एक हजार डोज उत्पादन गरिने उनीहरुले बताएका छन् । यसअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) यस्तो भ्याक्सिन विकास हुन १८ महिना लाग्ने अनुमान गरेको थियो । यही टिमले कोरोना भाइरससँगै सम्वन्धि –मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम’ विरुद्धको खोपमा पनि काम गरिरहेको छ ।

जेन्नर इन्स्टिच्यूटको विज्ञप्तिमा प्रोफेसर गिलबर्टले भनेका छन्, ‘हामी यसलाई छिटोभन्दा छिटो सक्ने गरी काम गरिरहेका छौं ।’

विकास भइरहेको भ्याक्सिनको नाम ChAdOx1 nCoV-19 रहेको उनले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण अहिलेसम्म चीनमा ७४ हजार जना मानिसहरुको फैलिएको छ भने २ हजार ६ जनाको मृत्यू भइसकेको छ । पछिल्लो समय भाइरसको संक्रमण घटिरहेको चीन सरकारले दावी गरे पनि अन्तर्राष्ट्रिय समुदायले पत्याएको छैन ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार