“पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, अप्ठ्यारो मान्नु नै हुँदैन,ढ्याक्क राजीनामा दिने हो”

उज्यालो प्रतिनिधि ९ फाल्गुन २०७६, शुक्रबार समाचार

काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएर बालकोट पुगेपछि अडियो प्रकरणबारे बोलेका छन्।

बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँस्कोटाले राजीनामा बुझाएर साँझ बालकोट पुगेका बाँस्कोटाले यस विषयमा बोलेका हुन्। कमशिन मागेको अडियो सार्वजनिक भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्। एउटा राजनीतिक मान्छेमाथि प्रश्न उठेपछि ठ्याक्क राजीनामा दिएको उनको भनाइ छ।

‘जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला एनिमेसन होला, के–के होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो’, बाँस्कोटाले भने, ‘तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन, ढ्याक्क राजीनामा दिने हो।’

बाँस्कोटाले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, संसद र पार्टीले छानबिन गरेर सत्यतथ्य स्पष्ट पार्ने बताएका छन्।

‘यसमा अब अख्तियार, सीआईबी, संसद र पार्टीले पनि छानबिन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ’, उनले भने, ‘मेराबारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार