दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति

उज्यालो प्रतिनिधि ९ फाल्गुन २०७६, शुक्रबार समाचार

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले दुई वर्षपछि नदीजन्य उत्खनन् गर्न अनुमति पाएको छ ।

मनहरी गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी पारित गराएको दुई वर्षपछि बल्ल उत्खनन्को लागि अनुमति पाएको हो । पर्सा राष्ट्रिय निकुञ्ज विभागबाट तत्कालै प्रतिवेदन कार्यान्वयन नगर्नू भन्ने आशयको पत्र आएपछि निकुञ्जले गत आर्थिक बर्षदेखि नै उत्खनन् कार्यमा अबरोध गर्दै आइरहेको थियो ।

अबरोध खुलाउन मनहरी गाउँपालिका अध्यक्ष वन तथा वातावरणमन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, वन तथा वातावरण मन्त्रालयका सचिव, निकुञ्ज विभागका महानिर्देशक, पर्सा राष्ट्रिय निकुञ्जका वार्डेन, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, प्रहरी प्रमुखलगायतले पटक पटक पहलपछि यो अनुमति पाएको पालिकाले जनाएको छ ।

चौतर्फी दबाबपछि मनहरी गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन गरिएको राप्ती र मनहरी खोलाका किनारबाट नदीजन्य बस्तु उत्खनन् गर्ने अनुमति पाएको पालिकाका प्रशासकिय अधिकृत देवराज चौलागाईंले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार