निर्धारण गरेको भाडाभन्दा तीन गुणासम्म भाडा असुल्न थाले,गाडी चढ्नै समस्या

उज्यालो प्रतिनिधि ९ फाल्गुन २०७६, शुक्रबार समाचार

खलङ्गा । सडक यातायात पुगेपछि सहजताका साथ यात्रा गर्ने सपना देखेका यहाँका नागरिक चर्को भाडा तिर्न परेपछि निराश भएका छन् । जोखिमपूर्ण यात्राका साथैै व्यवसायीले मनोमानी भाडा असुल्दा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ ।

अधिकांश ग्रामीण सडकमा सञ्चालन हुने जिपले प्रतिकिलोमिटर ३८ रुपियाँसम्म भाडा लिने गरेको पाइएको छ । व्यवसायीले जाजरकोट–डोल्पा सडकको ७६ किलोमिटर दूरीमा पनि दुई हजार रुपियाँ भाडा लिने गरेको यात्रुको गुनासो छ । पैदल हिँड्दा एक दिनमा घरबाटै रोटी बोकेर बिनापैसै पुगिने ठाउँमा गाडी चढ्दा पन्ध्र सय तिर्न परेको नलगाड १३ का तेजबहादुर विकले दुःखेसो पोख्नुभयो ।

जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामीण क्षेत्रमा रहेका सडकमा यातायातका व्यवसायीले मनोमानी भाडा असुल्ने प्रवृत्ति बढिरहेको छ । अधिकांश सडकमा ठूला गाडी नचल्ने भएकाले जिपले यात्रु हेरेर भाडा लिँदा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ । स्थानीय प्रशासनले निर्धारण गरेको भाडाभन्दा तीन गुणासम्म भाडा असुल्न थालेपछि यात्रु मर्कामा परेका हुन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार