ईन्द्रजीत गोईत,जनकपुरधाम । नेपाली काँग्रेसका नेता राम कृष्ण यादवले प्रजातन्त्रकै कारण आज देशमा संघीयता आएको बताउनुभएको छ ।
७० औं प्रजातन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) सि.टि.इ.भि.टि प्रदेश नं. २ ले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेता यादवले प्रजातन्त्र ल्याउनको लागि वीर योद्धाहरुले दिएको सहादत अविस्मरणीय ईतिहास बनेको बताउनुभयो । उहाँले नेपाली काँग्रेसले प्रजातन्त्रको लागि योद्धाहरु गुमाएको उल्लेख गर्नुभयो ।
प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा नेता यादवले ७० औं प्रजातन्त्र सँस्थागत गर्नको लागि कैयौं बलिदान भएको भन्दै यसलाई सँस्थागत गरिराख्नुपर्ने आवश्यकता औल्याउनुभयो । प्रजातन्त्रको बदौलत नेपालमा स्वतन्त्रता आएको बताउँदै उहाँले प्रजातन्त्र सबभन्दा ठुलो उपहार रहेको बताउनुभयो ।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेविसंघ निकट विद्यार्थी नेता तथा तरुण दल निकटका नेता कार्यकर्ताहरुले प्रजातन्त्र अहिले पनि खतरामा रहेको भन्दै त्यसको संरक्षणको आवश्यता औल्याएका थिए ।
सो कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य सुधिर गोइत, नेवि सङ्घका निवर्तमान केन्द्रीय सदस्य साधु गोइत, नेपाल तरुण दल धनुषाका सदस्य सर्व्जित यादव, तरुण दल ,जनकपुर नगर स–सचिब बलराम गुप्ता, नेवि सङ्घ महोत्तरिका जिल्ला अध्यक्ष आशुतोष नविन झाको उपस्थिति रहेको थियो ।
यसका साथै, नेविसङ्घ जिल्ला सचिव नवीन यादव, ने.वि.संघ युवा नेता राकेश यादव, नेपाली काङ्ग्रेसका युवा नेता राकेश गोइत, नेपाली काङ्ग्रेसका कार्यकर्ता शैलेन्द्र चोरवार, नेविसङ्घ सिटिईभिटी धनुषाका जिल्ला उपाध्यक्ष राहुल शाह लगायतको उपस्थित रहेको नेविसंघ सिटिईभिटी प्रदेश नं. २ का सँयोजक ईन्द्रजीत गोईतले जानकारी दिए ।