काठमाडौं । मन्त्रिपरिषद्को निर्णय सार्वजिनक गर्न हरेक बिहिबार नियमित रूपमा हुँदै आएको पत्रकार सम्मेलन स्थगित भएको छ। संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि नियमित पत्रकार सम्मेलन स्थगित भएको हो।
प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसनका लागि डिल गरेको अडियो बाहिरिएपछि नैतिकताका आधारमा बाँस्कोटाले बिहीबार मन्त्री पदबाट राजीनामा दिएका हुन्।
यसअघि मन्त्रिपरिषद्ले गरेका निर्णय हरेक बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुँदै आएको थियो। विशेष कारणले आजको पत्रकार सम्मेलन स्थगित गरिएको पत्रकारहरुलाई जानकारी गराइएको थियो।