रहेनन कम्प्युटरमा पहिलो पटक ‘कट, कपी र पेस्ट’ कमाण्ड आविष्कार गर्ने वैज्ञानिक

उज्यालो प्रतिनिधि ८ फाल्गुन २०७६, बिहीबार प्रवास

एजेन्सी । कम्प्युटरमा पहिलो पटक ‘कट, कपी र पेस्ट’ कमाण्ड आविष्कार गर्ने अमेरिकी कमप्युटर वैज्ञानिकको निधन भएको छ ।

अमेरिकी वैज्ञानिक लरेन्स ल्यारी टेस्लरको सोमबार निधन भएको हो । जेरेक्स कम्पनीले आफ्नो ट्विटरमार्फत टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको जानकारी गराएको छ ।

‘कट, कपी, पेस्ट, फाइन्ड एण्ड रिप्लेससहित विभिन्न कमाण्डका आविष्कारक तथा जेरेक्सका पूर्व अनुसन्धानकर्ता ल्यारी टेस्लरको निधन भएको छ’, कम्पनीले ट्विटरमा लेखेको छ ।

टेस्लरले उक्त कम्पनीमा समेत काम गरेका थिए । सो क्रममा उनले विभिन्न नवीन विचारहरू अघि सारेका थिए ।

टेस्लर विश्वकै चर्चिच कमप्युटर वैज्ञानिक हुन् । उनले मानव र कम्प्युटरबीचको अन्तर्क्रियासम्बन्धी विषयमा लामो खोज र अनुसन्धान गरेका छन् । उनले विभिन्न आविष्कार गरेका छन् । जसमध्ये कमप्युटरमा व्यापक प्रयोग हुने ‘कट, कपी र पेस्ट’ (cut, copy and paste) कमाण्ड पनि पर्छ ।

टेस्लरले १९८० मा एप्पलमा पनि काम गरेका थिए । उनले उक्त कम्पनीमा १७ गर्ष बिताएका थिए । १९९४ मा जन्मेका उनले याहु र अमेजनमा पनि काम गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार