सञ्चारमन्त्रीले कर्मचारीलाई अपशब्द बोलेकोप्रति आपत्ति

उज्यालो प्रतिनिधि ८ फाल्गुन २०७६, बिहीबार समाचार

काठमाडौं। सञ्चारमन्त्री गोकुल बास्कोटाले कमिशन डिलिङ गरेको भनिएको अडियोमा कर्मचारीलाई अपशब्द बोलेकोप्रति नेपाल निजामती कर्मचारी युनियन (संघ)ले आपत्ति जनाएको छ । युनियनका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले एक विज्ञप्ति जारी गर्दै मन्त्रीको अपशब्दप्रति आपत्ति जनाएका हुन् ।

‘निजामती कर्मचारीलाई अश्लिल र उपेक्षा बोधक शब्द सम्बोधन गरिएको अडियो रेकर्डका सम्बन्धमा संघको केन्द्रीय समिति खेद व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ । मन्त्री पदमा रहेको व्यक्ति भ्रष्टाचार गर्न सेटिङ गरेको तथ्य बाहिरिनु र भ्रस्टाचार सुरक्षार्थ आम राष्ट्रसेवकलाई अश्लिल शब्द प्रयोग गर दुःखको विषय भएको विज्ञप्तिम उल्लेख छ ।

‘प्रधानमन्त्रीका विश्वासपात्र नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी लिएका व्यक्तिबाट बोलिएको यस्तो अश्लिल शब्दले आम राष्ट्रसेवकको मान मर्दन गरेको छ’, विज्ञप्तिमा भनिएको छ। यो कारवाही योग्य अपराध भएको विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार