सञ्चारमन्त्रिको राजीनामाको माग गर्दै नेपाली कांग्रेसले गरुओ राष्ट्रियसभा बैठक अवरुद्ध

उज्यालो प्रतिनिधि ८ फाल्गुन २०७६, बिहीबार समाचार

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामाको माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

राष्ट्रियसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे ।

उनले यो विषयको टुंगो नलागेसम्म राष्ट्रियसभा बैठक चल्न नदिने चेतावनी समेत दिएका छन्। कांग्रेस सांसदले आ-आफ्नो स्थानमा उभिएर बैठक अवरुद्ध गरेपछी अर्को बैठक फागुन १५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्ट विजय प्रकाश मिश्रसँग सञ्चारमन्त्री बास्कोटाले कमिसनबारे गरेको विवादास्पद अडियो बुधबार सार्वजनिक भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार