काठमाण्डौ । सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक भएको अडियो टेपबारे मुख खोलेका छन् ।
बेलडाँडी गाउँपालिकाले बिहीबार बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा उनले ७० करोड कमिसन सेटिङ अडियो काण्डबारे काठमाडौं गएर धारणा राख्ने बताएका हुन् ।
‘मेरो बारेमा चर्चा चलेको छ । तर अहिले यसबारेमा बिस्तृतमा भन्दिनँ,’ बास्कोटाले भने, ‘काठमाडौं पुगेर म आफ्नो धारणा राख्छु ।’
आफूले गलत गरेको भए त्यसको सजाय भोग्न तयार रहेको बताए । ‘व्यक्तिका लागि पार्टी जाँदैन । जसले गल्ती गरेको हो त्यो जान्छ, यसले पार्टीलाई लैजान्छ भन्ने होईन । आत्तिनु पर्दैन । मैले गल्ती गरेको भए म जाउँला । विगतदेखि नै हाम्रो पार्टीको परिपाटी पनि यस्तै छ ।’