आजको मौसम : हिमपात र बर्षाको सम्भावना

उज्यालो प्रतिनिधि ८ फाल्गुन २०७६, बिहीबार समाचार

काठमाडाैँ । नेपाली वायुमण्डलमा पश्चिमी वायु फेरि सक्रिय भएकाे छ । पश्चिमी वायु नेपाल प्रवेश गरेसँगै माैसममा बदलाव देखिएकाे हाे । यससँगै मुलुकभरकाे माैसम बदली भइ वर्षा तथा हिमपात समेत सुरू भएकाे छ ।

बुधबार रातिदेखि नै मुलुककाे पश्चिमी क्षेत्रका पहाडी भेगमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरू भइसकेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार बिहीबार (आज) देशैभरकाे माैसम बदली रहने र पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुनेछ । साथै उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपात समेत हुने सम्भावना रहेको महाशाखाकाे अनुमान छ ।

बिहीबार राति देशभर सामान्य बदली रही पश्चिमका केही भूभागमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार