मन्त्री बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिनेछौ : नेविसंघ

उज्यालो प्रतिनिधि ८ फाल्गुन २०७६, बिहीबार समाचार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

नेविसंघ अध्यक्ष राजीव ढंगानाले विहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले मन्त्री बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ,‘सरकारका प्रवक्ता तथा आफ्ना प्रिय पात्रलाई संरक्षण उद्दत देखिए नेपाल विद्यार्थी संघ आन्दोलनको आधिवेरी सृजना गर्न बाध्य कुरा यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौँ ।’

साथै नेविसंघलेमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गरी कानुनी प्रक्रिया अगाडि बढाउन जोडदार माग गरेका छन् ।

७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा’मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली काँग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार