इन्डोनेशियाको ‘किड्स प्लानेट इनटरनेशनल २०२०’मा नेपालका ७ बलाबालिकाको सहभागिता

उज्यालो प्रतिनिधि ७ फाल्गुन २०७६, बुधबार समाचार

 

काठमाडौं । इन्डोनेशियाको बालीमा आयोजना हुने ‘किड्स प्लानेट इनटरनेशनल २०२०’मा नेपालका ७ बलाबालिकाले सहभागिता जनाएका छन् ।

उक्त प्रतियोगितामा सहभागी जनाउन ‘किड्डी फेस अफ दि इयर २०२०’का विजेता चिराग बजगाई, पेमा डोमा लामा, जयश अग्रवाल, प्रतीक भट्ट, याकिन अर्याल, समीरा मकाला, सान्वी स्वर इन्डोनेशिया उडेका छन् ।
इन्डोनेशियाको शहर बालीमा १८ देखि २३ फेब्रुअरीसम्म आयोजना हुने ‘किड्स प्लानेट इनटरनेशनल’मा सहभागी हुन उनीहरु सोमबार राती त्यसतर्फ उडेका हुन् ।

इन्डोनेशिया र नेपालका २० बढी बालबालिकाको सहभागिता रहने उक्त प्रतियोगितामा बालबालिकाले नेपाली कलासंस्कृतिको समेत प्रचार गर्नेछन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले ति बालबालिकालाई नेपालको तर्फबाट प्रतियोगितामा सहभागी गराएको हो ।

प्रतियोगितामा बालबालिका लिएर कोरियोग्राफर तथा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर राज फैजु, फेसन डिजाइनर श्रीषा बैदार फैजु समेत इन्डोनेशिया उडेका हुन् ।

बालबालिकालाई ब्यक्तित्व बिकाश र क्षमता अभिबृद्धी गर्ने उदेश्यका साथ आयोजना हँुदै आएको ‘किड्स प्लानेट इनटरनेशनल’मा फेसन डिजाइनर श्रीषाले नै तयार पारेको नेपाली कलासंस्कृति झल्कने बिभिन्न आकर्षक पहिरनमा बालबालिकाले आफ्नो प्रस्तुति दिनेछन् ।

प्रतियोगितामा नेपाली कलासंस्कृति, गीत संगीत सहित ‘भिजिट नेपाल २०२०’को समेत प्रचार गर्ने रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रवन्ध निर्देशक राज फैजुले जानकारी दिए । सबै प्रतियोगी बिभिन्न प्रशिक्षण सहित त्यसतर्फ सहभागी हुन लागेका हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार