बस गुडिरहेकै समयमा आगलागी

उज्यालो प्रतिनिधि ७ फाल्गुन २०७६, बुधबार प्रवास

झारखण्ड । भारतको झारखण्ड राज्यको पाकुड जिल्लामा बुधबार बिहान एउटा बसमा अचानक आगलागी भएको छ । राँचीबाट पाकुडतर्फ जाँदै गरेको उक्त बस गुडिरहेकै समयमा आगलागीको चपेटामा आएको हो ।

स्थानीय समयानुसार करिब पौने पाँच बजे बडकियारी गाउँमा पुगेपछि बसमा आगो सल्किएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार बसमा सवार यात्रीले धुँवाको गन्ध महसुस गरेपछि चालकलाई बस रोक्न भनेका थिए । बस रोक्दासम्ममा पछिल्लो भागमा आगो सल्किएको थियो ।

बस रोकेर सबै यात्री बाहिर निस्किएका कारण मानवीय क्षति नभएको बताइएको छ । यद्यपि वारुण यन्त्र आएर आगो नियन्त्रणमा लिनुअघि बस र बसभित्र रहेका सामान जलेर नष्ट भइसकेको थियो ।

बसमा विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । बसको आगोले सडक छेउमा रहेको एउटा घर र पसलमा समेत क्षति पुगेको बताइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार