जब विमानस्थनलबाट ६ जना नेपाली स्वदेश आउन पाएनन्…

उज्यालो प्रतिनिधि ७ फाल्गुन २०७६, बुधबार समाचार

गत आइतबार बिहान चीनको हुबेई प्रान्तबाट एक सय ७५ नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजले उद्धार गरेर नेपाल ल्यायो । उनीहरुलाई भक्तपुरको खरिपाटीमा राखिएको छ ।

नेपालमा रहेका अभिभावक चीनमा रहेका आफन्तलाई कोरोना भाइरस लाग्ला भन्ने चिन्तामा थिए । तीन साताभन्दा लामो समयदेखि हुबेई प्रान्त लक्डडाउन भएकाले नेपालीहरु कोठाबाट बाहिर हिँडडुल गर्न तथा कतै आउजाउ गर्न पाएका थिएनन् । उनीहरु मानसिक तनावमा थिए । नेपाल सरकारले हुबेईबाट विद्यार्थीलाई उद्धार गरेर फर्काएकोमा आफन्तहरु खुसी छन् । फर्केर आउनेहरु पनि फुरुंग परेका छन् । त्यस्तो खुसी सबैमा छाउन भने सकेन । हुबेइएको ऊहान विमानस्थनलबाट ६ जना नपाली भने स्वदेश आउन पाएनन् ।

उनीहरु चीनमै रोकिनुको विस्तृत कारणबारे ऊहानमा चिकित्साशास्त्र अध्ययन गरिरहेको र हाल उद्धारमा खरिपाटीमा आएर क्वारेन्टाइमा बसेका एकजना व्यक्तिले जनआस्थालाई बताएका छन् । ऊहान विश्वविद्यालयमा चिकित्साशास्त्रमा पिएचडी गरिरहेका विगेशमान शाक्य ऊहान विमानस्थलमा आफ्नी श्रीमती र छोरीसहित रोकिए । उनी ऊहान विश्वविद्यालयमा चीनमा चिकित्साशास्त्रमै पिएचडी गर्दै छन् । उनकी श्रीमती पनि त्यहीँ एमडी गर्दै छिन् । उनीहरुकी २२ महिनाकी छोरी पनि थिइन् । बसोबास क्षेत्रबाट विमानस्थल जानु अगाडि पनि उनीहरुमा ज्वरो छ कि छैन भनेर चेकजाँच गरिएको थियो । सबै समान्य नै थियो । तर, विमानस्थलमा गएर लगेज उठाइसकेपछि सुरक्षा जाँचमा जानुअगाडि ज्वरो जाँच गर्दा विगेशमानको तापक्रम ३७.६ डिग्री सेल्सियस देखायो । चीनले कोरोना भाइरसको संक्रमण बढेपछि ३७.१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम हुनेहरुलाई विमानस्थलबाट अन्यत्र जान दिँदैन ।

विगेशमानकी श्रीमती र २२ महिनाकी छोरी त चेकजाँचमा सफल भएर विमानतिर गइसकेका थिए । उनको एकपटक श्रीमती र छोरीलाई भेट्छु भनेपछि विमानस्थल प्रशासनले ‘ए छोरी र श्रीमती पनि छन् ?’ भन्दै सुरक्षा जाँचबाट भित्र पसिसकेका श्रीमती र छोरीलाई पनि फर्काइदियो ।

चिनियाँ प्रशासनले श्रीमती र छोरीलाई त्यसरी फर्काउनुको कारण चाहिँ कथंकदाचित विगेशमानमा कोरोना संक्रमण भएमा उनीसँगै रहेका श्रीमती र छोरीमा पनि हुन सक्ने शंका भएकाले हो ।

यो खबर आजको जनआस्था साप्ताहिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार