मेयरको दादागिरी,फेसबुकमा भिडियो पोस्ट गरेको भन्दै स्थानीयलाई कुटपिट गरि ट्वाइलेटमा थुने

उज्यालो प्रतिनिधि ७ फाल्गुन २०७६, बुधबार समाचार

बारा । महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफूले सार्वजनिक स्थानमा बोलेको कुराको भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने एक युवकका बुबालाई कुटपिट गर्दै शौचालयमा थुन्नुभएको छ।

गाउँको नाला निर्माण काममा भइरहेको ढिलासुस्तीबारे फेसबुकमा भिडियो पोस्ट गरेको भन्दै स्थानीय युवा मुकेश कुशवाहाका ५५ वर्षीय बुबा हरेन्द्र महतोलाई मेयर यादवले सोमबार कुटपिटपछि शौचालयमा थुन्नुभएको हो ।

गत आर्थिक वर्ष २०७५/०७६ मा सम्पन्न गर्नुपर्ने नालाको काम हालसम्म पूरा नभएर समस्या परेको स्थानीयको गुनासोपछि निरीक्षणमा पुगेका मेयर यादवको भनाइसहित छोरा मुकेशले बनाएको भिडियो स्थानीय अर्का युवाले पनि सामाजिक सञ्जालमा अपलोड गरेका थिए।

करिव २९ सेकेन्डको सो भिडियोमा मेयर यादवले ‘यो समस्याको अहिले समाधान गर्न नसकिने र जे गर्न र जहाँ जान मन लाग्छ त्यही जानू’ भनी प्रतिक्रिया दिनुभएको छ। यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार