नेकपाको राष्ट्रियताको मुद्दाले जनतालाई आकर्षित गरेको नेता नेपालको जिकिर

उज्यालो प्रतिनिधि ७ फाल्गुन २०७६, बुधबार समाचार

पूर्वप्रधानमन्त्री एवं नेकपाका माधव नेपालले कम्युनिष्ट पार्टी कमिटी प्रणालीमा विश्वास गर्ने बताउनुभयो । ‘नेपालमा राजनीतिक क्रान्ति पूरा भएको छ’, उहाँले भन्नुभयो, ‘अब आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आवश्यक छ ।’

नेता नेपालले नेकपाको राष्ट्रियताको मुद्दाले जनतालाई आकर्षित गरेको जिकिर गर्दै कार्यकर्ताको मूल्याङ्कन उसको आचरण र कामका आधारमा हुने प्रष्ट्याउभयो ।

नेकपा महासचिव विष्णु पौडलले कम्युनिष्टले हनुमानले जडीबुटी ल्याऊभन्दा दोर्णाचल पर्वत उचालेर ल्याएजस्तो काम नेकपाले गरेको तर्क गर्नुभयो । जनताको पीडा, समस्या र अभावमा कम्युनिष्टको परीक्षा भइरहको बताउँदै वडास्तरदेखि केन्द्रतहसम्मका सबै नेता कार्यकर्ताले जनताका पक्षमा असल काम गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

महासचिव पौडेलले भन्नुभयो, ‘पार्टी नेतृत्वसँग कर्णालीको पीडा छ । यहाँहरुले भन्नुभएको छ कि सङ्घीय सरकारले किन बुझ्दैन कर्णाली ? अब कर्णालीको पीडा र भइरहेको विभेद हुन नदिने वाचा गर्दछु ।’

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले नेतृत्वको थोरै सहयोग पुगे कर्णाली अगाडि बढ्ने बताउनुभयो । उहाँले कर्णालीको मर्म बुझ्न नेतृत्वलाई अनुरोध गर्दै नेकपाको एकीकृत शक्तिले यहाँको पहाडलाई भत्काएर मैदान बनाउन सकिने दृढता व्यक्त गर्नुभयो ।

सहइन्चार्ज यामलाल कँडेलले सरकार तथा केन्द्र पार्टीले कर्णालीको विकासबिना मुलुकको विकास र समृद्धि असम्भव भएको बताउनुभयो ।। उहाँले प्रदेशपिच्छेको धरातल फरक भएको औल्याउँदै परिस्थिति, परिवेश, सुचकाङ्क र अवस्था बुझेर काम गर्न केन्द्रीय नेतृत्वलाई सुझाउनुभयो । भेला कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले गरेका कामकारवाहीका बारेमा जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीसहित यहाँका १० वटै जिल्लाका नेकपाका अध्यक्षले जिल्लास्तरमा हालसम्म भए÷गरेका पार्टीका काम, गतिविधि र अन्य प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो । भेलामा कर्णाली प्रदेश समितिका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला इन्चार्ज, अध्यक्ष, सचिवसहित पार्टी अगुवाको सहभागिता रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार