स्थानीय सरकार भने कर्मचारी खोज्दै सिंहदरबार धाउन बाध्य

उज्यालो प्रतिनिधि ७ फाल्गुन २०७६, बुधबार समाचार

काठमाडाैं । संघीयताको कार्यान्वयनसँगै तीन तहको निर्वाचन पश्चात काठमाडौंको सिंहदरबार गाउँगाउँ आएको सरकारले दाबी गरे पनि अहिले स्थानीय सरकार भने कर्मचारी खोज्दै सिंहदरबार धाउन बाध्य भएका छन् ।

सिंहदरबारबाट काम गर्न स्थानीय तहमा आएका कर्मचारीहरुको अनियमित सरुवाले स्थानीय तहको काम भने प्रभावित भएको छ । पर्साका स्थानीय तहहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थायी कर्मचारी पठाउन नसक्दा स्थानीय सरकारले काम गर्न नसकेको गुनासो गरेका छन् ।

तीन तहको सरकार गठनपछि देखिएको व्यावस्थापकीय संक्रमणको दुई वर्षमा पनि स्थानीय तहमा अझै कर्मचारी व्यावस्थापन हुन नसक्दा स्थानीय सरकारले काम गर्न सकेको छैन । १४ वटा स्थानीय तह रहेको पर्साको केही स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीयले नै काम चलाइरहेका छन् ।

पर्साको वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, बुहदरामाई नगरपालिका, ठोरी गाउँपालिकालगायतका स्थानीय तहमा अहिले प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले दैनिक कार्य सम्पादन गरिरहेका छन् । स्थानीय तहका प्रमुख कार्यकारी अधिकृतहरुको पटक पटकको सरुवाले गर्दा जनताको काममा भने प्रभाव परेको छ । यो खबर आजको कारोबार दैनिकमा छापिएकाे छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार