नेपालको कम्युनिष्ट आन्दोलनले विश्वलाई नयाँ सन्देश दिएको छ् : महासचिव पौडेल

उज्यालो प्रतिनिधि ६ फाल्गुन २०७६, मंगलवार समाचार

सुर्खेत । सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले पार्टी एकता विभाजनका लागि नभएको बताएका छन् । मंगलबार कर्णाली प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले सो कुरा बताएका हुन् । ‘पार्टी एकता पार्टी विभाजनका लागि नभई पार्टीलाई एकताबद्ध बनाउनका लागि हो, यो एकता देशको समृद्धि सँग पनि जोडिन्छ’ महासचिव पौडेलले भने ।

विश्व कम्युनिष्ट आन्दोलनका लागि नेपाली कम्युनिष्ट आन्दोलन अध्ययनको विषय भएको बताउँदै महासचिव पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनले विश्वलाई नयाँ सन्देश दिएको बताए । कर्णालीलाई केन्द्र सरकारले अपमान गर्ने काम नगर्ने बताउँदै यो क्षेत्रको समृद्धिका लागि सरकार लागिपर्नेमा उनले जोड दिए । उनले भने, ‘कर्णाली सुन्दर प्रदेश हो, यसको समृद्धिका लागि सरकार लागिरहेको छ ।’

त्यस्तै कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले कर्णालीले जनयुद्ध र जनआन्दोलनका लागि निकै ठूलो भूमिका निर्वाह गरेको बताउँदै सरकारले जति हेर्नुपर्ने हो हेर्न नसकेको दाबी गरे ।

उनले भने, ‘कर्णाली निकै ठुलो जनाधार भएको प्रदेश हो, यो प्रदेशले जनयुद्ध र जनआन्दोलनलाई पूर्णरुपमा साथ दिएको छ, तर यसलाई सरकारले जति हेर्नुपर्ने हो त्यति हेर्न सकेको छैन ।’ नेता शर्माले पार्टी कार्यकर्ताहरुले इमान्दारिताका साथ देश र जनताको सेवामा लाग्नुपर्नेमा जोड दिँदै पार्टीको ४ महिने अभियानले शुद्धीकरणमा भूमिका खेल्ने दाबी गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार