काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य जाँचका लागि पुगेका छन् ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका त्रिवि शिक्षण अस्पतालमा गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘उहाँ नियमित चेकजाँचका लागि त्रिवि शिक्षण अस्पताल जानु भएको हो । उहाँ आजै बालुवाटार फर्कनु हुन्छ’, थापाले भने ।
प्रधानमन्त्रीले मिगौलाको समेत नियमित डायलासिस गराउँदै आएका छन् ।