ललितपुरमा मानव मलमुत्र फोहर प्रशोधन र व्यवस्थापन केन्द्र बन्ने

उज्यालो प्रतिनिधि ६ फाल्गुन २०७६, मंगलवार समाचार

काठमाडाैँ । ललितपुरस्थित महालक्ष्मी नगरपालिका–९ लामाटारमा दक्षिण एशियामै पहिलो आइएसओ २४५२१ मान्यता प्राप्त मानव मलमुत्र फोहर प्रशोधन र व्यवस्थापन केन्द्र बन्ने भएको छ । सो नगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त पहल र लगानीमा उक्त केन्द्र निर्माण हुन लागेको हो ।

केन्द्र निर्माणका लागि रु चार करोड १७ लाख रकम लाग्ने अनुमान गरिएको वातावरणविज्ञ राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसमा रु साढे तीन करोड बोर्डको लगानी हुनेछ भने रु ५५ लाख नगरपालिकाले व्यहोर्नुपर्ने छ ।” केन्द्र सञ्चालन गर्न थ्री फेजको बिजुली आवश्यक रहने हुँदा यसको व्यवस्था नगरपालिका स्वयंले नै गर्नुपर्ने श्रेष्ठले बताउनुभयो ।

सांकेतिक तस्वीर
केन्द्रमा दैनिक तीन ट्रक दिसाजन्य लेदो व्यवस्थापन गर्र्न मिल्ने गरी निर्माण गर्न लागिएको वातावरण शाखा प्रमुख लवकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकामा प्रत्येक वर्ष १० प्रतिशत जनसङ्ख्या बढ्दै गएको आधार मानी सन् २०२१ देखि सन् २०२५ सम्मलाई हुने गरी यस परियोजना अघि बढाउन लागेका हाैँ ।”

समय निरन्तर अघि बढ्दै जाँदा नेपालमा सस्तो र नयाँ प्रविधि भित्रियो भने यसलाई सञ्चालन गर्न गाह्रो हुने भविष्यको विचार गरी पाँच वर्षसम्म काम दिने खालको प्रशोधन र व्यवस्थापन केन्द्र निर्माण गर्न लागिएको गुप्ताले बताउनुभयो ।

नगरवासीले सो केन्द्रमा दिसाजन्य फोहर व्यवस्थापन गर्न व्यवस्थित सेफ्टीट्याँकी बनाउनुपर्ने वातावरण तथा सरसफाइविज्ञ सञ्जय अधिकारीले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “यसअघि आइएसओ मान्यता प्राप्त नपाएको झापामा निर्मित लगभग दैनिक सात ट्रक मलमूत्र भण्डारण गर्न मिल्ने केन्द्र निर्माण भइसकेको छ । कहिले दिनमा अलिकति पनि दिसाजन्य पदार्थ भण्डारण र प्रशोधन गर्न नआउँदा निकै घाटा व्यहोरिरहेको छ ।” अब निर्माण हुन लागेको केन्द्र घाटामा जानुभन्दा पाँच वर्ष टिक्ने र गुणस्तरीय हुनु उचित रहने अधिकारीले सुझाव दिनुभयो ।

दिसाजन्य लेदोमा ९० प्रतिशत पानी र १० प्रतिशत पदार्थ हुने गरेको बताइएको छ । नगरपालिकाका–१ देखि नं ५ सम्म भएका घरबाट निस्कने दिसाजन्य पदार्थको पानी पठाउन ढलको व्यवस्था गरिएको छ । वडा नं ६ देखि १० सम्म पाँच वडामा ढलको व्यवस्थापन नरहँदा यो प्रशोधन केन्द्रले निकै सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडा ६ देखि १० मा हाल लगभग ११ हजार घरधुरी छन् ।” पहिलो नम्बरमा यी घरको दिसाजन्य फोहर व्यवस्थापन हुन्छ भनेपछि समयको मागसँगै अन्य पाँच वडाको दिसाजन्य पदार्थ व्यवस्थापन गर्न आवश्यक परेमा त्यसको विचार गरिने छ ।

सो प्रशोधन केन्द्र सामाजिक व्यापारिक नमूनामा बनाउँदा प्रभावकारी हुने नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकाभित्र असल अभ्यासको शुरुआत भएको हुँदा यो बनाउने निश्चित भएको छ । यसका लागि नगरपालिकाले जमिनमुनि रहेको पानीको एकपटक अनुसन्धान गर्न निकै आवश्यक देखिन्छ ।” गोदावरी खोलाको कोरिडोर बनिसकेपछि यो कामलाई अघि बढाइने श्रेष्ठले जानकारी दिनुभयो ।

प्रशोधन केन्द्र निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । नगरपालिकाको ‘स्वच्छ सफा, समृद्ध, सुन्दर–महालक्ष्मी नगर’ भन्ने मूल नारालाई सो परियोजनाले निकै सहयोग गर्ने उपप्रमुख निर्मला थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “घरेलु फोहरको सुरक्षित व्यवस्थापन गरी जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने जोखिमको न्यूनीकरण गर्न यो परियोजनाले निकै उपयोगि हुने छ ।” सो परियोजनाले दिसाजन्य लेदो, सोबाट निस्कने फोहर तथा सतही पानी र ठोस फोहरको व्यवस्थापन गर्ने थापाले जानकारी दिनुभयो ।

परियोजनाले नगरपालिकाभित्र उचित मापदण्डअनुरुप दिसाजन्य लेदोको सुरक्षित सङ्कलन, भण्डारण, ढुवानी, प्रशोधन र सुरक्षित विसर्जन गर्न सहयोग गर्नेछ । यस परियोजनाभित्र भाडामा रहेका र निजी आवास, व्यावसायिक र औद्योगिक प्रतिष्ठान, सरकारी र संस्थागत संरचना तथा सार्वजनिक शौचालय आदि पर्छन् ।

केन्द्रको निर्माणपछि नगरपालिकाले मानव मलमूत्र फोहर र फोहर पानीलाई खुला रुपमा ढल वा जमिनमा मिसाउन दिने छैन । यसका लागि उच्चस्तरीय सेफ्टी ट्याङ्कीको व्यवस्था हुनेछ । हरेक भान्छाबाट निस्कने जैविक वा अजैविक फोहरलाई आवश्यक प्रविधि जडान गरी निहित चिल्लो र ग्रिजयुक्त पदार्थ मार्फत न्यूनीकरण गरेर मात्रै ढल निकास गरिने छ । नयाँ बन्ने संरचनाले नगरपालिकाको नियमभन्दा बाहिर गएर भवन र संरचना बनाउन पाउने छैन ।

सो परियोजनाको पूर्णतापछि यसबाट बायो ग्यास र तरकारी उत्पादन व्यवसायमा निकै सहयोग पुग्ने बताइएको छ । यसअघि नगरपालिका–८ लुभुमा निर्मित सानो ढाँचाको हप्तामा दुई ट्रक दिसाजन्य पदार्थ प्रशोधन हुने केन्द्रमार्फत त्यहाँ बायो ग्यास र तरकारी उत्पादन गर्न निकै सहयोग पुगेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । – सुभानु आचार्य/रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार