इलामे क्लब माइभ्याली फुटबल क्लबलको आयोजनामा हुने छैटौं माइभ्याली गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
फागुन १५ गतेदेखि शुरु हुने प्रतियोगितामा नेपाल र भारतका १० फूटबल क्लबहरुले सहभागीता जनाउनेछन । प्रतियोगिताको उद्घाटन खेलमा कोहिमा इगल फुटबल क्लब, नागाल्याण्ड र गोर्खा ब्वाईज फुटबल क्लब, रुपन्देहीले भिड्नेछन् ।
प्रतियोगिताको सबै खेलहरु इलाम स्थित ठूलो टुंडिखेल फूटबल मैदानमा हुनेछ । प्रतियोगिताको फाइनल खेल भने फागुन २४ गतेका दिन हुनेछ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।