नेपालको पहिलो प्रतिद्वन्दी मलेसिया

उज्यालो प्रतिनिधि ५ फाल्गुन २०७६, सोमबार खेल

थाइल्याण्डले आयोजना गरेको एसीसी ईस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल मलेसियासँग रहेको छ । यस प्रतियोगितामा पाँच देशले सहभागीता जनाउनेछन् ।नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले फेब्रुवरी २९ मा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै मार्च १ मा हङकङसँग,मार्च ४ मा थाइल्याण्डसँग खेल्नेछ । नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेलमा मार्च ६ मा सिंगापुरविरुद्ध खेल्नेछ ।

प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा पारस खड्का, उपकप्तान दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार