सबिन लोप्चान मलेसिया : केही समय अगाडि सामाजिक संन्जल फेस्बुकमा एउटा दर्दानक भिडियो भाईरल भयो। उक्त भिडियोमा बिष्णु माया लो तामाङ बहिनिको आफ्नो आमा बुबालाई बचाई दिन आग्रह गर्नु भएको थियो। आमा बुबा दुबैजना क्यान्सरको रोगी भएको र अर्थिकको अभावले गर्दा उपचार गर्ने कुनै विकल्प नभएकोले जुन पीडा सहन नसकि स्वयं आफैं आत्माहात्य गर्न समेत प्रयास गरेको कुरा त्यो भिडियोमा आएको थियो।
सोही भिडियो हेरि सके पछि हामीले पनि केही सहयोग गर्नु पर्छ भन्ने हेतुले मलेसियाको जोहोर राज्य स्थित रामाटेक्स कम्पनीमा कार्यरत दावा तितुङ तामाङ,राज कुमार तामाङ, भक्त बहादुर तामाङ,अमर ध्वाज थोकर ,संग्रम थिङको सक्रियतामा सोही कम्पनीमा कार्यरत दाजुभाई हरु सङ्ग सहयोगको अपिल गरी सम्पूर्ण रामाटेक्स कम्पनीमा कार्यरत साथीहरुले आ-आफ्नो तर्फबाट सहयोग गर्नु उपलब्ध भएको थियो।
त्यस सहयोग रकम बिष्णु माया लो तामाङ को बुबाको उपचारको लागि अपुगमा केही राहत होस भन्ने हेतुले रामाटेक्स कम्पनीमा कार्यरत नेपाली दाजुभाइको सक्रियतामा नेपाली रकम रु ७०२९४ (सत्तरी हाजर २ सय ९४ रुपैया) संकलन गरि उक्त रकम सिन्धुलीका नव गायक ताथ समाजसेवी श्री अम्बर बहादुर लो तामाङ मार्फत पीडितको हातमा हस्तान्तरण गरिएको छ। सहयोग गरि दिनु हुने सम्पुर्ण मनकारी दाजुभाइ दिदिबहिनीहरु लाई दावा तितुङ तामाङ ज्यु ले धन्यवाद दिनु भएको छ।