दुबई- युएइमा नेपालका तेक्वान्दो खेलाडीले अन्तर्राष्ट्रियस्तरको बक्सिङ खेल प्रतियोगिता सम्पन्न गरेका छन् । महेन्द्रनगर स्थायी घर भएका करनबहादुर चन्दले युएईमा पहिलो इन्टरनेशनल च्याम्पियनसिप सफलतापुर्वक आयोजना गरेका हुन् । तेक्वान्दो खेलमा भारतमै लामो समय बिताएका करन आफैमा कुशल खेलाडी हुन् ।
चन्द्र ब्रदस एकेडेमी क्लबको सहकार्यमा युएईको जुमेरा जेएलटी खेल मैदानमा तेक्वान्दो, बक्सिङ, फुटबल, आदि प्रतियोगिता सम्पन गरिएको हो । यस प्रतियोगितामा युईए, अफ्रिकन, नेपाल, भारत, पाकिस्तान, श्रीलंका गरी ६ देशका बक्सिङ खेलाडिहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा ६३ केजी तर्फ भएको बक्सिङ खेलमा युकाण्डाका भिकटरलाई पछि पार्दै भारतका राकेशशिर शर्मा बिजेता बनेका छन । त्यस्तै गरी नेपालबाट सहभागी भएका महिला खेलाडी ८३ केजी तर्फ भएको बक्सिङ खेलमा नेपालकी अञ्जली मगरलाई पछी पार्दै भारतकी वेंकट पल्लवी मल्लबथुला बिजेता बनेकी थिइन् । त्यसैगरी मिना घले ५७ केजी समुहमा भारतसग भएको खेलमा द्वितीय भएका छन् । यसै खेलमा मिना लिम्बु ५० केजी तर्फ पाकिस्तानी खेलाडीसंग द्वितीय भएकी छिन । प्रतियोगितामा रस्नि राई, मास्ना सुनुवार नेपालबाट सहभाहिकता जनाएका थिए । प्रतियोगितामा बिजेता हुनेहरुलाइ ट्रफी र गोल्डमेडले सम्मान गरिएको थियो ।
गत फेब्रुअरी १२ देखि १४ सम्म भएको यस प्रतियोगितामा गुरुजी अबुदुल क्युयाम खान र आयोजक चन्द्र ब्रदस क्लबका संयोजक करनबहादुर चन्दले खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिताको सहजिकरण मोडल तथा समाजसेवी सुरेन्द्र लामाले गरेका थिए । प्रतियोगितामा one nation, one flag, one soul sports india को प्रतियोगितामा बिशेष सपोर्ट रहेको थियो ।